भक्तपुरको होली ः १८ जना पक्राउ, एक सय ११ वटा मोटरसाइकलहरु नियन्त्रणमा
फाल्गुन २२, २०७९, सोमबार | विहान ११:३४ बजे | 20
भक्तपुर । होलीको क्रममा भक्तपुरमा सोमबार १८ जना मानिसहरुलाई पक्राउ गरेको छ । साथै एक सय ११ वटा मोटरसाइकलहरु नियन्त्रणमा लिइएको जनाइएको छ । साथै एउटा कार नियन्त्रणमा लिइएको जनाइएको छ ।
भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले होलीको क्रममा कुनै अप्रिय घटना भने हुन नपाएको जनाए । भक्तपुरको होली शान्तिपूर्वक सम्पन्न भएको उनले जनाए । होलीको क्रममा हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गरी अरनिको राजमार्ग अन्तर्गत जगाती लगायतका ठाउँंठाउँंमा सवारी चेकिंग गरिएको थियो ।