दिदीले आफनै नाबालिक बहिनीमाथि यौनजन्य गतिविधि गरेपछि .......


फाल्गुन २१, २०७९, आइतबार | विहान ०६:२५ बजे | 0


दिदीले आफनै नाबालिक बहिनीमाथि यौनजन्य गतिविधि गरेपछि .......

भक्तपुर । भक्तपुर प्रहरीले आफनै नावालिक बहिनीसँंगै आफैं संलग्न भई यौनजन्य गतिविधि गरेको आरोपमा एकजना महिलालाई पक्राउ गरेको छ । भक्तपुर प्रहरी परिसरले बहिनीसँंग यौनजन्य गतिविधि गुर्नका साथै सोको भिडियोसमेत बनाई आफनो पुरुष साथीलाई समेत जिमेलमार्फत पठाएको खुल्न आएकोले पक्राउ गरेको जनाएको छ । 
परिसरका सूचना अधिकारी कुमारप्रसाद मैनालीले ती महिलालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनायो । यसअघि जेठ ६ गते इन्टरपोल्स क्राइम एगेष्ट चाइल्ड युनिटबाट बालिकालाई यौन दुरुपयोग गरेको सम्वन्धी सूचना नेपाल प्रहरीको इन्टरपोल शाखाको प्राप्त भएको थियो । तालुक प्रहरी प्रधान कार्यालय साइवर व्युरोबाट प्रारम्भिक अनुसन्धन भई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी परिसमा पुस २० गते प्राप्त भई अनुन्धनन थाले अनुसार यस्तो भेटिएको  परिसले जनायो । 

Comments