भनपा १ का फरार अभियुक्त जेरी पक्राउ


फाल्गुन १७, २०७९, बुधबार | विहान ०६:२८ बजे | 20


भनपा १ का फरार अभियुक्त जेरी पक्राउ

भक्तपुर । लागू औषध मुद्धामा दुई वर्ष कैद र रु एक लाख जरिवानासहितको जरिवाना जिल्ला अदालत भक्तपुरबाट फैसला सुनाइएका भक्तपुर नगरपालिका वडा नं १ (तत्कालिन भक्तपुर नगरपालिका वडा नं १७ ) का जेरी भन्ने वर्ष २९ को जेनिस शिल्पकार पक्राउ परेका छन् । एक महिना नौ दिन कैद भुुक्तान गरेपछि फरार रहेका उनीमाथि एक वर्ष १० महिना कैद र एक लाख जरिवाना बाँंकी भएकोले प्रहरील खोजतलास जारी राखेको हो । पक्राउ परेका उनलाई जिल्ला अदालत भक्तपुरमा पठाइएको भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी कुमारप्रसाद मैनालीले जनाए ।  

Comments