जग खन्दा पुरिएर घाइते भएका मजदुरको मृत्यु


फाल्गुन १४, २०७९, आइतबार | विहान ११:३८ बजे | 0


जग खन्दा पुरिएर घाइते भएका मजदुरको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थली खरिबोट बासुकी कोलोनी नजिक एकजना पूर्वसचिवको घरको जग खन्ने क्रममा पुरिएर एकजना मजदुरको मृत्यु भएको छ । 
काठ्माडौ महानगरपालिका वडा नं ३२ नरेफाँट बस्ने वर्ष ६१ को पूर्व सहसचिव तुलसीप्रसाद गौतमको बन्दै गरेको घरको जग खन्दै गर्दा सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं ४ घर भई हाल सोही साईटमा काम गरी बस्ने वर्ष अ २३ को मञ्जय विश्वकर्माको मृत्यु भएको हो । एक्कासी छिमेकी रामप्रसाद ओली उच्च अदालत वुटवलको मुख्य न्यायधिसको घरको उत्तरतर्फको अन्दाजी १५ फिट लम्बाई र १५ फिट उचाई भएको ढुङगा र ईट्टाको पर्खाल लड्न जादा ती मजदुर परिएका थिए । 
दुर्घटनापछि बृत ठिमीबाट प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठलगायत ५५ जनाको टोली र शसस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा ११ जनाको टोली घटनास्थलमा खटिएर अस्पताल लगेको तर चिकित्सकले मृत घोषणा गरेको परिसरका एसपी प्रजित केसीले जनाए । घाइतेलाई उद्दार गरी उपचारको लागि नजिकैको नागरिक अस्पताल लगिएको थियो । 

Comments