जव छालिङको होटेलको बाथरुममा महिला ढलिएको भेटिइन् .........


फाल्गुन ११, २०७९, बिहीबार | विहान ०४:४९ बजे | 0


जव छालिङको होटेलको बाथरुममा महिला ढलिएको भेटिइन् .........

भक्तपुर । फरक क्षमताकी महिलामाथि जवरजस्त करणीको आशंकामा प्रहरीले एकजना पुरुषलाई पक्राउ गरेको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ७ का वर्ष २४ का राज लामिछानेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 
घटना विवरण अनुसार जिल्लाकै चागुनारायण न.पा.५ छालिङमा बस्ने राजकुमार गिरीले संचालन गरेको सुनसान गेष्ट हाउसको कोठामा रहेको बाथरुममा हाल नामथर वतन नखुलेकी अन्दाजी २०÷२२ बर्षकी महिला ढलिरहेको भन्ने सुचनाका आधारमा प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी निरीक्षक सुदन के.सी.को कमाण्डको टोली घटनास्थलमा खटी गएको थियो । जाचबुझ गर्दा निज महिला राति १० बजेको समयमा राज लामिछाने भन्ने मानिससंग उक्त गेष्ट हाउसमा आई उक्त कोठामा बसेकी थिइन् । लामिछाने फरार रहेको तथा निजहरूको परिचय खुल्ने कागजात समेत गेष्ट हाउस संचालकले नराखेको पाइएकोमा उक्त गेष्ट हाउस आसपासको सि.सि.टि.भी.फुटेज अध्यन गरी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
बाथरुममा अचेत अबस्थामा फेला परेकी फरक क्षमता भएकी बोल्न नसक्ने नामथर खुल्न नआएकी महिलाको उद्धार गरी भक्तपुर अस्पतालमा उपचारको लागी पठाईएको,जनाएको छ । निज महिला उपर जवरजस्ती करणीसमेत भएको हुनसक्ने सम्भावना देखिएको यौनजन्य स्वास्थ्य परिक्षण समेतको परिक्षणको लागि पठाइएको प्रहरीले जनाएको छ । गेष्ट हाउस संचालक भक्तपुर चागुनारायण न.पा.५ बस्ने बर्ष ४१ को राजकुमार गिरीलाई पनि पक्राउ गरेको प्रहरी परिसरले जनाएको छ । घटनास्थल परिसर भक्तपुरबाट ४ कि.मि.उत्तर पुर्बमा पर्दछ ।  

Comments