आशापुरी जंगलमा कपडा नभएको लाश फेला


फाल्गुन ८, २०७९, सोमबार | विहान ०७:१३ बजे | 0


आशापुरी जंगलमा कपडा नभएको लाश फेला

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ आशापुरीमा रहेको सामुदायिक जंगलमा हाल नाम थर वतन नखुलेको अन्दाजी ४०।४५ वर्षको पुरुष व्यक्ति भुईमा उत्तानो मृत अवस्थामा फेला परेको छ । उचाई ः५.५ फिट, बाया हातमा कालो फित्ता वाला घडी लगाएको ,सेतो रङमा घाटीमा रातो धर्सा भएको फुल वाला टिसर्ट लगाएको, तलको भागमा कपडा नभएको अवस्थामा लाश फेला परेको प्रहरीले जनाएको छ । सूचना पाएपछि पहिला अस्थायी प्रहरी पोष्ट आशापुरीबाट प्रहरी सहायक निरीक्षक.गणेश श्रेष्ठको टोली खटी गएको र थप घटनास्थल लास जाच मुचुल्काको लागि वृत जगाती बाट प्रहरी निरीक्षक सुन्दर चौलागाईको कमाण्डमा टोली खटी गएको प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए । घटनास्थल वृत जगातीबाट ६ कि.मि.दक्षिणमा पर्दछ ।

Comments