झौखेलमा भयानक आगलागी ः नौ लाखको क्षति
फाल्गुन १, २०७९, सोमबार | विहान ०१:५७ बजे | 20
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेल जाकृती चोकको एउटा कुखुरा फाममा आगलागी भएको छ । सोही स्थान बस्ने धुर्व्र दाहालको जग्गा भाडा लिई काठमाडौ कोटेश्वर घर भएकी वर्ष ४३ की विना गुरुङले बास र प्लाष्टिकले बारी बनाएको कुखुरा फर्ममा आगलागी भएको हो ।
कुखुराको चल्लालाई तापक्रमको लागी राखेको ग्यास सिलिन्डर लिक भई अचानक आगोलागी भएको प्रहरीले जनाएको छ । भक्तपुर प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक श्याममणि पोखरेलको कमाण्डमा ३० जनाको टोली र २ वटा दमकल खटिगएर आगो निभाउन सफल भएको परिसरका एसपी प्रजित केसीले जनाए । नेपाल प्रहरी, दमकल र स्थानीयको सहयोगमा पूर्ण रुपमा आगो नियन्त्रणमा लिन सफल भएको जनाइएको छ । आगलागीबाट मानवीय क्षति हुन नपाएको जनाइएको छ । आगलागीबाट बोईलर कुखुराको चल्ला १८०० वटा र कुखुराको फर्म गरी जम्मा ९ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । घटनास्थल परिसर भक्तपुरबाट २ कि.मि. उत्तर पर्दछ ।