ब्रम्हायणीको खाजा घरको कोठामा १४ वर्षीया बालिकामाथि जवरजस्ती
माघ २८, २०७९, शनिबार | विहान ०८:०२ बजे | 5
भक्तपुर । भक्तपुर नगरपालिका ९ ब्रह्मायणीस्थित काईली तामाङले संचालन गरेको खाजा घर (होटल) मा रहेको कोठामा बर्ष १४ की वालिकालाई जवरजस्ती गरेको आरोपमा एकजना पक्राउ परेका छन् । माघ २२ गते आफनी छोरीमाथि बलात्कार गरेको भनी बालिकाकी आमाले प्रहरी बृत जगातीमा दिएको जाहेरी दरखास्तको आधारमा सोलुखुम्बु, सोलु दुधकुण्ड नगरपालिका वडा नं ३ घर भई हाल काठमाडौ कोटेश्वर बस्ने बर्ष १९ को लाक्पा ग्याल्जेन तामाङलाई गरेको प्रहरीले जनाएको छ । उनलाई कोटेश्वरबाट बृत्त जगातीबाट खटिएको प्र.ब.ना.नि.श्यामसुन्दर भ्याजुको टोलीले नियन्त्रणमा लिई वृत्त जगातीमा ल्याई राखिएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए । साथै निज होटल संचालिका तथा जवरजस्ती करणी सहयोगी भूमिका निर्वाह गर्ने सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका.३ घर भई हाल सोही स्थान.ब्रह्मायणी बस्ने बर्ष ६० की काईली तामाङलाई समेत नियन्त्रणमा लिई वृत्त जगातीमा ल्याई राखिएको उनले जनाए । घटना सम्वन्धमा थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ । घटनास्थल स्थान वृत्त जगातीबाट २ कि.मि.उत्तर पुर्बमा पर्दछ ।