जव रातको ३ बजे दुवाकोट मोडमा मोटरसाइकल चेकिंग भयो...........
माघ २७, २०७९, शुक्रबार | विहान ०३:४२ बजे | 0
भक्तपुर । भक्तपुर चागुनारायण नगरपालिका वडा नं २ दुवाकोट मोडमा चेकिङको क्रममा एकजना मोटरसाइकल चोर पक्राउ परेका छन् । शुक्रबार विहान ३ बजे बिना कागजातको मे १० प ५९६ नं.को २०० पल्सर मोटरसाइकलसहित आएका काभ्रे पनौती घर भई हाल भक्तपुर पाण्डुबजार बस्ने बर्ष ३० को सन्देश घिसिङलाई पक्राउ परेका हुन् । प्रहरी हवल्डार सुदनराज पौडेलको टोलीले उनलाई नियन्त्रणमा लिई वृत्त ठिमीमा ल्याइएका थिए । अनुसन्धानको क्रममा निजको साथबाट प्रदेश २–०३–०२२ प १३९८ नं.को नम्बर प्लेटसमेत फेला पारेको र उक्त मोटरसाइकल बौद्द आरुबारी एरियामा सडक छेउबाट चोरी गरेको भन्ने खुलेको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए । साथै उनी मोटरसाइकल चोरी मुद्धामा बृत बौद्ध काठमाडौबाट २०७९ माघ २४ गते ६ महिना ६ दिन कैद भुक्तान गरी छुटेको खुलेको जनाइएको छ ।