भक्तपुरको पलासेमा दुर्घटना ः एकजना मोटरसाइकल चालकको मृत्यु
माघ २४, २०७९, मङ्गलबार | विहान ०५:२४ बजे | 0
भक्तपुर । भक्तपुरको सुर्यबिनायक न.पा.९ पलासेमा भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । बनेपाबाट भक्तपुरतर्फ आउदै गरेको लु ८८ प ६२०८ नं.को मो.सा.लाई बिपरित दिशाबाट जादै गरेको प्रदेश २–००१च ०४११ नं.को योद्धा गाडीले सोही दिशातर्फ जादै गरेको बा २ ख ६६६९ नं.को बसलाई ओभरट्याग गरी जाने क्रममा मो.सा.लाई ठक्कर दिदा मो.सा.चालक काभ्रे बनेपा न.पा.७ बस्ने बर्ष १९ को आयुष न्यौपानेको मृत्यु भएको हो । दुर्घटनापछि घाईते भई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगेकोमा उनको मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । बोल्न नसक्ने, टाउकोमा चोट, दुबै कानबाट रगत आएको, अवस्थामा अस्पताल लगिएकोमा डा.ले मृत घोषणा गरेको परिसरका एसपी प्रजित केसीले बताए । लास सोही अस्पतालमा रहेको जनाइएको छ । ३ वटै सवारी साधन र त्यसका चालकहरु वृत्त जगातीको नियन्त्रणमा रहेको जनाइएको छ । योद्धा गाडी चालक सिरहा गोलबजार न.पा.६ बस्ने बर्ष २५ को देव कुमार साह, बस चालक काभ्रे नबोबुद्ध न.पा.२ बस्ने बर्ष ३० को बिकाश तामाङ रहेको जनाइएको छ । उक्त स्थानमा वृत्त जगातीबाट प्र.नि.सुन्दर चौलागाईको टोली खटिएको थियो । उक्त स्थान वृत्त जगातीबाट ५ कि.मि.पुर्ब पर्दछ ।