गुण्डुमा आफनै बुबाद्धारा ११ वर्षीया बालिका बलात्कृत


माघ २२, २०७९, आइतबार | दिउँसो ०३:५३ बजे | 0


गुण्डुमा आफनै बुबाद्धारा ११ वर्षीया बालिका बलात्कृत

भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिका ७ गुण्डु बस्ने बर्ष ११ की एक बालिकालाई निजकै घरमा निजकै बुबा बर्ष ३९ कोले जवरजस्त करणी गरेको छ । पुस २४ गते दिउँंसो ११ बजे घटना भएको भन्दै माघ २० गते दुई बजे प्रहरी वृत्त जगातीमा जाहेरी परेकोमा निज बुबालाई सोही दिन ६ बजे गुण्डुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षक रामबहादुर मगरको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धानको लागी वृत्त जगातीमा राखिएको जनाइएको छ । 
उक्त स्थान वृत्त जगातीबाट अन्दाजीं ५ कि.मी दक्षिण पश्चिममा पर्दछ । निज बालिकालाई मेडिकल गराई संरक्षणको लागी सोही दिन साढे आठ बजे श्री शक्ति समुह बाल आश्रम चुच्चेपाटी काठमाण्डौ पठाएको जनाइएको छ ।

Comments