नंखेल लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर जवरजस्ती
माघ १९, २०७९, बिहीबार | विहान ०९:५४ बजे | 0
भक्तपुर । भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नं. ९ नंखेल लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर जवरजस्ती गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बुधबार साँंझ ६ बजे मुगु घर भई हाल काठमाण्डौँ थानकोट बस्ने १५ बर्षीय बालिकालाई जबरजस्ती करणी गरी फरार भएको आरोपमा उनलाई कारबाही गरेको हो । मुगु जिल्ला सोरु गाँउपालिका घई भई हाल भक्तपुर सूर्यबिनायक नगरपालिका वडा नं. ९ पलासे बस्ने बर्ष २१ को भक्त नेपालीलाई भक्तपुर बाँसबारीबाट पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । उनलाई जबरजस्ती करणी कसुरमा पक्राउ गरेको परिसका सूचना अधिकृत राजु पाण्डेले जनाए । साथै सोही जंगलमा मुगु घर भई हाल भक्तपुर डेकोचा बस्ने बर्ष २० की महिलालाई हुम्ला अदानचुली गाँउपालिका वडा नं. ३ घर भई हाल भक्तपुर सूर्यबिनायक नगरपालिका वडा नं. ९ मिलनचोक बस्ने बर्ष १९ को गगन परियारले जबरजस्ती करणी उद्योग गरी फरार भएकोमा उनलाई पनि पक्राउ गरेको जनाइएको छ । गगन परियारलाई भक्तपुर प्रहरीले जगातीबाट पक्राउ गरी प्रहरी वृत्त जगाती भक्तपुरमा राखी जबरजस्ती करणी उद्योग कसुरमा आवश्यक अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।