भक्तपुरबाट पक्राउ परेका नक्कली परिक्षार्थी काठमाडौंको हिरासतमा


माघ १८, २०७९, बुधबार | विहान ०४:२५ बजे | 0


भक्तपुरबाट पक्राउ परेका नक्कली परिक्षार्थी काठमाडौंको हिरासतमा

भक्तपुर । प्रहरीले भक्तपुरको ईजिवे ट्रायल सेन्टरबाट एकजना नक्कली परीक्षार्थी पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं.९ राधेराधेस्थित ईजिवे ट्रायल सेन्टरमा दोलखा गौरीशंकर गाउपालिका–५ बस्ने बर्ष २५ को युबराज खड्काको नाममा दुईपाङ्ग्रे सवारीको ट्रायल परिक्षा दिने नक्कली परिक्षार्थी पक्राउ परेका हुन् । दोलखा गौरीशंकर गा.पा.–५ घर भई हाल भक्तपुर दधिकोट बस्ने बर्ष २३ को देवबहादुर श्रेष्ठलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलीले पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । प्रहरी सहायक हवल्दार.भुपेन्द्र कार्की ( ९८५२८९०३८६) को टोलीले नियन्त्रणमा लिएको परिसरका प्रमुख एसपी प्रजित केसीले जनाए ।  साथै सोही घटनाका बास्तबिक परिक्षार्थी दोलखा गौरीशंकर गा.पा.–५ बस्ने बर्ष २५ को युबराज खड्कालाई कार्यालयमा झिकाई थप अनुसन्धानको लागी कार्यालयको हिरासतमा राखिएको जनाइएको छ ।

Comments