सल्लाघारीस्थित राप्रपा नेपालको भक्तपुर जिल्ला पार्टी कार्यालयबाट चोरी


माघ १५, २०७९, आइतबार | दिउँसो १२:०१ बजे | 20


सल्लाघारीस्थित राप्रपा नेपालको भक्तपुर जिल्ला पार्टी कार्यालयबाट चोरी

भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित राष्टिय प्रजातन्त्र पार्टी नेपाल भक्तपुर जिल्ला पार्टी कार्यालयबाट शनिबार राति चोरी भएको छ । पार्टी कार्यालयबाट सीजी कम्पनीको ३२ इन्चको टिभी एक थान (अन्दाजी मूल्य रु ३६ हजार) बराबरको चोरी भएको भक्तपुर प्रहरीले जनाएको छ । 
भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारी कटुञ्जे चोकस्थित बलराम थापाको तीनतल्ले घरको दोश्रो तल्लामा रहेका तीन वटा कोठाहरुका ताला फोडेर चोरी भएको परिसरका प्रमुख एसपी प्रजित केसीले जनाए । उनका अनुसार रातको समयमा मुल ढोका खुल्ला रहेको थियो । 
उक्त स्थानमा महानगरीय प्रहरी बृत जगाती भक्तपुरबाट प्रहरी निरीक्षक सुन्दर चौलागाईको कमाण्डमा टोली खटिइ अनुसन्धान भएको जनाइएको छ । चोरी गर्ने व्यक्ति हालसम्म फरार छन् । घटनास्थल बृत जगातीबाट दुई किलोमिटर पश्चिममा पर्दछ । 

Comments