ताथली घटनाका दुई अभियुक्त १७ वर्षपछि पक्राउ
माघ १५, २०७९, आइतबार | विहान १०:१६ बजे | 0
भक्तपुर । कर्तब्य ज्यान मुद्धाका फरार अभियुक्त १७ बर्षपछि पक्राउ परेका छन् । २०६२ माघ ३० गते बिहान भक्तपुरको चाँगुनारायण नगरपालिका वडा न. ९ (साबिक ताथली गा.बि.स. वडा नं. ८) ताथलीमा रहेको गणेश ईट्टा भट्टा नजिकै रहेको कुलो छेउमा रोल्पा घर भई सोही ईट्टा भट्टामा काम गर्ने बर्ष ४१ को कृष्ण योगीलाई सोही भट्टामा पानी पालेको काम गर्ने र गाडी चलाउने चालकसमेतले मिली शरिरको विभिन्न भागमा चक्कु तथा लौरो प्रहार गरी हत्या गरी छोडी हालसम्म फरार रहेको घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका वडा नं. १ बस्ने बर्ष ४० को सुकमान भन्ने कान्छाराम तामाङ (निज तत्काल गणेश भट्टामा पानी पाले) र सोही ठेगानाका वर्ष ४१ का बहादुर तामाङ (तत्काल सोही भट्टाको गाडी चलाउने) दुई जनालाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । अभियुक्तहरुलाई खोजतलास गर्ने क्रममा प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।