कमलविनायकमा रहेको सांग्रिला बैंकको एटीएम फोड्न खोज्ने झौखेलका युवा पक्राउ


माघ १३, २०७९, शुक्रबार | दिउँसो ०२:३८ बजे | 0


कमलविनायकमा रहेको सांग्रिला बैंकको एटीएम फोड्न खोज्ने झौखेलका युवा पक्राउ

भक्तपुर । प्रहरीले एटीएम फोडेर पैसा झिक्न खोज्ने एकजनालाई शुक्रबार पक्राउ गरेको छ । भक्तपुर नगरपालिका वडा न. १० कमलविनायकस्थित सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम फुटाउन कोसिस गरेको आरोपमा भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ३ ठकुरी गाउँं झौखेलका वर्ष ३४ का राजन मल्ल पक्राउ परेका हुन् । उनले माघ ११ गते बुधबार राति नौ बजे एटीएम भित्र प्रवेश गरी मेशिन फुटाउन खोजेको र नौ बजेर २५ मिनेटमा असफल भई छाडी आएको देखिएकोले पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी प्रजित केसीले बताए । हाल मुक्तिनाथ विकास बैंकको गार्ड उनी सेक्युरिटी गार्ड गोर्खा योद्धा धम्बाराहीका रहेको जनाइएको छ । उनी २०६१ सालमा भर्ना भएका सशश्त्र प्रहरीको पूर्व कर्मचारीसमेत रहेको जनाइएको छ । 

Comments