भक्तपुरको फर्निचर व्यवसायी सुजन शिल्पकार पशुपति क्षेत्रको जंगलमा अर्ध जलेको अवस्थामा


माघ ११, २०७९, बुधबार | विहान ०६:५४ बजे | 0


भक्तपुरको फर्निचर व्यवसायी सुजन शिल्पकार पशुपति क्षेत्रको जंगलमा अर्ध जलेको अवस्थामा

काठमाडौं: पशुपति क्षेत्रको जंगलमा गत पुस ३० गते अर्ध जलेको अवस्थामा एक पुरुषको शव भेटिएको थियो। यो शव भक्तपुरको फर्निचर व्यवसायी सुजन शिल्पकारको भएको पुष्टि भएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्ण कोइरालाका अनुसार पशुपति मन्दिरको जंगलमा रहेको किरातेश्वर मन्दिर नजिकै शरीरको तल्लो भाग जलेको अवस्थामा एक युवकको शव भेटिएको थियो तर पहिचान भएको थिएन।
 
महाशाखाका प्रवक्ता कृष्ण कोइरालाका अनुसार २५ वर्षीय सुजन फर्निेचर व्यवसायी रहेको खुलेको छ। उनले रेडिमेड ढोका व्यापार गर्दे आएका थिए।  उनी गत पुस २९ गते दिउँसो ४ बजेतिर पसल बन्द गरी पशुपती तिर लागेका थिए। 

परिवारले उनलाई साझ ६ बजेतिर फोन गरेका थिए। परिवारको भनाइ उदृत गर्दै अनुसन्धानमा खटिएका प्रहरी भन्छन्, 'अविवाहित सुजनको हत्या कि आत्महत्या अनुसनधान भइरहेको छ। घटनास्थल नजिक पेट्रोल भरिएको बोतल भेटिएको थियो। आत्महत्या गरेको हुनसक्ने सम्भावना पनि छ। अनुसन्धानका क्रममा उनको मोवाइल फेला पारेका छौँ। मोवाइलकै आधारमा उनको पहिचान भएको हो।' 


Comments