डा तोसिमासँंग् मज्जाले कुरा गरेका प्रेमप्रसादको मृत्यु कसरी भयो ?
माघ ११, २०७९, बुधबार | विहान ०६:१८ बजे | 0
काठमाडौं । मंगलबार सङ्घीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ः०० बजे निधन भएको अस्पतालले जनाएको छ। इलाम घर भएका आचार्यले मंगलबार शरीरमा पेट्रोल हालेर आत्मदाहको प्रयास गरेका थिए ।
आत्मदाहापछि कीर्तिपुर अस्पताल पुयाइएका आचार्यलाई भेटन स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले भेटेको भिडियो सामाजिक सञ्चालमा भाइरल बनेको थियो । भिडियोमा दोहोरो कुराकानी पनि भएको थियो । दोहोरो कुराकानीमा घाइते आचार्यले मज्जासँंग कुरा गरेका थिए । उनको आवाज सुन्दा उनलाई खासै धेरै चोट लागेको देखिंदैन । मज्जाले कुरा गराइ हेर्दा उनी खतरामुक्त थिए । तर विहान उनको निधनको खवर आयो । जलेर गम्भीर घाइते भएका उनलाई प्रहरीले घटनास्थलबाट तत्कालै उपचारका लागि कीर्तिपुर अस्पताल पु¥याएको थियो।