सहकारीद्धारा १ करोड ५३ लाख बचत फिर्ता

सागर गुरागाईं
मध्यपुर थिमि – मध्यपुर थिमि नपा ४ शंखधरचोकस्थित सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लि.द्धारा २३ जना नियमित बचतकर्ताहरुलाई १ करोड ५३ लाख रकम फिर्ता दिएको छ । बडादशैं २०८३ को शुभकामना आदानप्रदान एवं लखपति बचतफिर्ता कार्यक्रम बारे जानकारी दिदैं सिद्धार्थ साकोसका अध्यक्ष राजेश श्रेष्ठले विगत ५ वर्षदेखि नियमित बचत गर्ने २३ जना शेयर सदस्यहरुलाई उक्त रकम फिर्ता दिइएको जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले सिद्धार्थ साकोसले लखपति बचत योजना अन्तर्गत मासिक न्युुनतम १३ सय रुपैंया बचत गर्ने शेयर सदस्यहरुलाई ५ वर्षपछि रु. १ लाख नगद फिर्ता दिइएको जानकारी दिनुभयो । त्यसैगरि केहि शेयर सदस्यहरुले आफ्नो मासिक बचत अनुसार एकमुष्ट ५ लाख र १० लाख रुपैंया फिर्ता पाएका छन् । संस्थाका अध्यक्ष राजेश श्रेष्ठले शेयर सदस्यहरुको आर्थिक उन्नति र सामाजिक विकासका लागि सिद्धार्थ साकोस सदैव नयाँ योजना सहित अघि बढिरहेको जानकारी दिनुभयो । संस्थाका सचिव सोहन कायस्थले संचालन गर्नुभएको उक्त कार्यक्रममा चाणक्य कलेजका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, सिद्धार्थ साकोसका उपाध्यक्ष इन्द्रकृष्ण श्रेष्ठ र संस्थाका कोषाध्यक्ष हिरामान शंखदेवले पनि सिद्धार्थ साकोसको आर्थिक एवं अन्य गतिविधिको चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाको हलमा भएको उक्त शुभकामना आदानप्रदान एवं लखपति बचत फिर्ता कार्यक्रममा संचालक सदस्य, शेयर सदस्य एवं स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *