मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थलीस्थित मनोहरा खोला सडक खण्डबाट प्रहरीले ठूलो परिमाणको लागू औषध र नगद सहित एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले गोप्य सूचनाको आधारमा असोज २२ गते गरेको चेकिङका क्रममा ललितपुर महालक्ष्मी नगरपालिका–२ बस्ने ३८ वर्षीय सुरज कुमार बाँनियालाई नियन्त्रणमा लिएको हो।
निजको साथबाट प्रहरीले निम्नलिखित वस्तुहरू बरामद गरेको छ:
-
ट्रामाडोल (Tramadol): १६१० क्यापसुल
-
नाइत्राभेट (Nitravet): २६ क्यापसुल
-
पोल्याण्ड (Poland): ५ ग्राम
-
नगद: रु. ६७,४००/-
पक्राउ परेका बाँनियामाथि लागू औषध मुद्दा दर्ता गरी जिल्ला अदालत भक्तपुरबाट १० दिनको म्याद थप अनुमति लिई परिसरले थप अनुसन्धान अगाडि बढाएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) दिपक कुमार कार्कीले जानकारी दिनुभएको छ।










Leave a Reply