विनायक शिक्षा निकेतनका चारजना विद्यार्थीहरु तुलज प्रजापति, प्रयान चक्रधर, सलिना घिमिरे र सदिक्षा श्रेष्ठ सहित प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको नेतृत्वमा यही असोज २५ गतेदेखि कार्तिक ९ गतेसम्म हुने शैक्षिक तथा सांस्कृतिक आदानप्रदान कार्यक्रम अन्तर्गत जापान भ्रमणमा जाने टोलीलाई विद्यालयले एक समारोह बीच विदाई कार्यक्रमको आयोजना गरियो। विदाई कार्यक्रम विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले भ्रमण टोलीलाई टिका खादा लगाइबिदाई गर्नुभएको थियो। भ्रमणका नेतृत्व गर्नुहुने विद्यालयका प्रिन्सिपल सुरेन्द्र बिक्रम प्रजापतिको अनुसार भ्रमण अवधिभरमा पाँचवटा विभिन्न विद्यालयहरु ,तीनवटा नगरपालिकाहरु , एउटा प्रदेश सरकार जापानको ससद भवन भ्रमण तथा प्रमुखहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी गराउनुभयो। भ्रमणको उद्देश्य जापानको शैक्षिक तथा सांस्कृति बारे जानकारी लिने र नेपालको शैक्षिक सांस्कृतिक बारे त्यहाँका विद्यार्थी भाइबहिनीहरूलाई जानकारी गराउने रहेको बताउनुभयो। अभिभावकद्वय प्रवीण चक्रधर सबिना घिमिरे र गणेश श्रेष्ठले आफ्ना छोराछोरीहरूले नयाँ नयाँ कुरा सिकुन र विश्व परिस्थितिबारे बुझुन भन्ने आशयले भ्रमणमा पठाउन लागेको बताउनुभयो। आफ्ना छोराछोरीहरूलाई यस्तो सुनौलो अवसर प्रदान गर्ने विद्यालयका प्रिन्सिपल र विद्यालयका परिवारलाई पनि धेरै धन्यवाद ज्ञापन गर्नुभयो।
जापान भ्रमणमा जानुहुने शिक्षक तथा विद्यार्थीहरूलाई विदाई












Leave a Reply