चोरी तथा डाँका कसुरमा पाँच जना पक्राउ

  • घटना: मिति २०८३।०६।२० गते भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २, दुवाकोटस्थित त्रिपुरा सुन्दरी खाद्य स्टोरका संचालक तिर्थ बहादुर कार्की पसल बन्द गरी घर फर्किंदै गर्दा कुटपिट गरी उहाँले लगाएको सुनको सिक्री लुटेर फरार भएका थिए।

  • कारबाही: प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको टोलीले मिति २०८३।०६।२१ गते आरोपीहरूलाई दुवाकोटबाट नियन्त्रणमा लिएको हो।

  • म्याद थप: मिति २०८३।०६।२२ गते चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत भक्तपुरबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

पक्राउ परेका व्यक्तिहरू: १. सुदिप लामा (वर्ष २५) – पाँचखाल नगरपालिका वडा नं. १, काभ्रेपलान्चोक २. कर्ण बहादुर तामाङ (वर्ष ३२) – सोही स्थान ३. कुमार तामाङ (वर्ष २१) – सोही स्थान ४. बिजय तामाङ (वर्ष १९) – सोही स्थान ५. केनाम सिंह तामाङ (वर्ष ३२) – सोही स्थान

बरामद सवारी साधन:

  • बा ९१ प १२०७ (२०० एनएस पल्सर)

  • प्र.३-०२-००१ प ४६९२ (२२० पल्सर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *