भक्तपुरमा विभिन्न मुद्दाका १० जना फरार प्रतिवादी पक्राउ
भक्तपुर, २३ असोज — अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत जिल्ला प्रहरी परिसर भक्तपुर र मातहतका प्रहरी वृत्त (ठिमी, जगाती लगायत) बाट खटिएको टोलीले विभिन्न मुद्दामा सजाय र जरिवाना तोकिएका १० जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ।
पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (DSP) दिपक कुमार कार्कीले जानकारी दिनुभएको छ।
पक्राउ परेकाहरू विभिन्न ६ वटा मुद्दाका रहेका छन्:
-
बैंकिङ कसुर: २ जना (कुल जरिवाना: रु. ३,५५,२००/-)
-
कुटपिट तथा अंगभंग: १ जना (कुल जरिवाना: रु. २,०००/-)
-
गम्भीर उत्तेजना वा रिसको आवेगमा आई कुटपिट: २ जना (कुल जरिवाना: रु. ४००/-)
-
अभद्र व्यवहार: २ जना (कुल कैद: १ महिना ११ दिन)
-
चोरी: २ जना (कुल कैद: १५ दिन, कुल जरिवाना: रु. ८,१३०/-)
-
लागू औषध: १ जना (कुल कैद: २२ दिन, कुल जरिवाना: रु. २२,०००/-)
पक्राउ परेका सबै प्रतिवादीहरूबाट कुल २ महिना १८ दिन कैद सजाय भुक्तानी हुन बाँकी रहेको छ भने कुल रु. ३,८७,७३०/- (तीन लाख सतासी हजार सात सय तीस रुपैयाँ) जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।










Leave a Reply