मध्यपुर थिमि नगरपालिका–८, बोडे निवासी रेनु श्रेष्ठले राजनीतिक दलको साधारण सदस्यतासमेत त्याग गर्दै स्वतन्त्र नागरिकका रूपमा रहने घोषणा गरेकी छन्। श्रेष्ठले आज मंसिर ६ गते सार्वजनिक विज्ञप्ति तथा मञ्जुरीनामा जारी गर्दै आफूले पूर्ण होशहवास र स्वेच्छाले कुनै पनि राजनीतिक दलको साधारण सदस्यता, पद तथा जिम्मेवारीमा नरहने निर्णय गरेको जानकारी गराएकी हुन्।
उनले यसअघि कुनै राजनीतिक दलसँग आबद्धता रहेको भए सो आबद्धता तथा साधारण सदस्यतासमेत आजकै मितिदेखि त्याग गरेको स्पष्ट पारेकी छन्। अब उप्रान्त कुनै पनि राजनीतिक दलसँग आबद्ध नरही आफ्नो विचार, विवेक र निर्णयअनुसार स्वतन्त्र नागरिकका रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले आफ्नो निर्णयलाई आधिकारिक मानिदिन सम्बन्धित सबैमा अनुरोध गरेकी छन्। ‘आजदेखि म कुनै पनि राजनीतिक दलको सदस्य होइन, म स्वतन्त्र छु,’ श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरेकी छन्।
यसअघि उनी राष्टिय स्वतन्त्र पार्र्टी मध्यपुर थिमिमा सक्रिय थिइन् ।












Leave a Reply