सूर्यविनायक नगरपालिका–४, चित्रपुर फोहोरबाट सुन फेला

फोहोरमा हराएको ७ तोला सुन नेपाल फुलबारीले फेला पारी फिर्ता गर्‍यो

भक्तपुर,मंसिर ५

सूर्यविनायक नगरपालिका–४, चित्रपुरस्थित नेपाल फुलबारीको ट्रान्सफर स्टेशनमा फोहोरबाट सुन फेला परेको छ। घरघरबाट फोहोर सङ्कलन गर्ने क्रममा हराएको १७ तोला सुन प्राविधिक व्यवस्थापनको सहयोगमा फेला पारेर धनीलाई इमानदारीपूर्वक हस्तान्तरण गरिएको छ। नेपाल फुलबारीले नियमित रूपमा घरघरबाट फोहोर सङ्कलन गर्दै आएको छ। त्यही क्रममा वडा नम्बर २ का स्थानीय सलबहादुर पाण्डेको घरबाट पनि डस्टबिनमा राखिएको फोहोर सङ्कलन गरिएको थियो। पाण्डेका छोराले डस्टबिनको फोहोर कन्टेनरमा आफैँ फालेका थिए। पछि घरमा सुन खोज्दा नभेटिएपछि परिवारले सुन फोहोरसँगै गएको हुन सक्ने आशङ्का गर्‍यो र नेपाल फुलबारीसँग सम्पर्क गर्‍यो। फुलबारीसँग सबै खालका प्राविधिक व्यवस्थापन प्रणाली र सीसी क्यामेरा भएकाले फोहोरको मार्ग पत्ता लगाउन सहज भयो। खोजीपछि सुन फेला पर्‍यो र नेपाल फुलबारीले १७ तोला सुन सलबहादुर पाण्डेलाई हस्तान्तरण गरेको व्यवस्थापक केदार घिमिरेले अवगत गराए । घरको कोठा, चुलोचौकासम्मका फोहोर सङ्कलन हुने भएकाले फोहोर व्यवस्थापन एउटा संवेदनशील र ज्वलन्त विषय हो। त्यसमा महत्त्वपूर्ण र बिर्सिएका वस्तुहरू पनि मिसिन सक्छन्। यस घटनाले प्रविधिको प्रयोगले फोहोर व्यवस्थापनलाई कसरी अझ भरपर्दो र जवाफदेही बनाउँछ भन्ने देखाएको छ। नेपाल फुलबारीको यो कार्यले अन्य फोहोर सङ्कलन संस्थाहरूलाई पनि प्रविधिमैत्री बन्न प्रेरणा र सन्देश दिएको छ। यस विषयमा दशकौँदेखि वातावरण क्षेत्रमा सक्रिय वातावरण अभियन्ता नबराज काफ्लेले यो घटनाको संवादबाट निचोड निकाल्दै भन्नुभयो, “यो प्रेरणा सबैसँग जोडिन्छ।” उहाँका अनुसार यो सन्देश फोहोर व्यवस्थापन संस्थाका लागि मात्र होइन, हरेक नागरिकका लागि हो। कसैले पनि लोभमा पर्नु हुँदैन भन्ने महत्त्वपूर्ण पाठ यस घटनाले दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *