सत्य राम कासिछ्वा
मंसिर , भक्तपुर
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत महेश्वरी खेलमैदान चालू भएको फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेल सुरु भएको छ । फुटबल प्रतियोगिताको तेस्रो दिन शनिबार सुरु भएको पहिलो क्वाटरफाइनल खेलमा सरस्वती विद्यागृह मावि र मिनर्वा ईङ्गलिस सेकेन्डरी स्कुलबीच प्रतिस्पर्धा भयो । पहिलो हाफमा कुनैपनि गोल हुन सकेन । दोस्रो हाफमा सरस्वती विद्यागृह माविका आर्जन खड्काले एक गोल गरे भने सरस्वती विद्यागृह मावि आफैंले आत्मघाती गोल गरेर खेललाई बराबरी गरे । टाइब्रेकरमा सरस्वती विद्यागृह माविले ८-९ गोलले खेल जित्यो । उक्त खेलमा सरस्वती विद्यागृह माविका जर्सी नं. १ का महेश तामता म्यान अफ द माच घोषित भए । दोस्रो क्वाटरफाइनल खेलमा समता शिक्षा निकेतन र साइनिङ स्टुडेन्ट एकेडेमी ईङ्गलिस सेकेन्डरी स्कुलबीच प्रतिस्पर्धा भयो ।पहिलो हाफमा साइनिङ स्टुडेन्ट एकेडेमीका विवश तामाङ र विपिन योन्जनले एक/एक गोल गरे भने समता शिक्षा निकेतनले कुनैपनि गोल गर्न सकेन । दोस्रो हाफमा साइनिङ स्टुडेन्ट एकेडेमीका विवश तामाङ र सुबोध तामाङले एक/एक गोल गरे भने समता शिक्षा निकेतनका युनिक लामाले एक गोल गरे । यससँगै साइनिङ स्टुडेन्ट एकेडेमीले १-४ गोल अन्तरले खेल जित्यो । उक्त खेलमा साइनिङ स्टुडेन्ट एकेडेमीका जर्सी नं. ११ का विवश तामाङ म्यान अफ द माच घोषित भए । फुटबल प्रतियोगिताको चाैंथो दिन आइतबार दोस्रो दिनको खेलमा जितेका सैनिक आवासीय मावि र ख्वप्रिङ ईङ्गलिस एकेडेमी बीच तेस्रो क्वाटरफाइनल खेल हुनेछ भने प्रभात ईङ्गलिस सेकेन्डरी स्कुल श्री पद्म मावि बीच चाैंथो क्वाटरफाइनल खेल हुनेछ ।








Leave a Reply