नबराज काफ्ले
नवलपरासी,मंसिर ०५
चाँगुनारायण नगरपालिका–२ दुवाकोटका २६ वर्षीय सूर्यबहादुर भुजेलको बाइक दुर्घटनामा निधन भएको छ। मंसिर ४ गते काठमाडौँबाट सुर्खेततर्फ बाइकमा यात्रा गर्दै गर्दा नवलपरासीको कावासोतीमा नेपाल आयल निगमको पेट्रोल ट्याङ्करसँग ठोक्किँदा दुर्घटना भएको पारिवारिक स्रोतले जनाएको छ। उनको दाहसंस्कार मंसिर ५ गते बेलुका पशुपति आर्यघाटमा गरिने उनका पिता रत्नबहादुर भुजेलले जानकारी दिएका छन्। नवलपरासी जिल्ला प्रहरी कार्यालयका अनुसार सवारीसाधन अनियन्त्रित गतिमा चलाइएका कारण दुर्घटना भएको हो। घटनापछि ट्याङ्करका चालक फरार रहेकाले उनको खोजी भइरहेको कार्यालयका प्रमुखले जानकारी दिएका छन्। स्व.भुजेल वैदेशिक रोजगारीबाट हालसालै नेपाल फर्किएका थिए। सुर्खेतमा आफन्तसँग पारिवारिक भेटघाटका लागि जाँदै गर्दा यो दुर्घटना भएको परिवारले बताएको छ। उनको परिवार दोलखा जिल्लाको तामाकोशी गाउँपालिकाबाट बसाइँसराइ गरी केही वर्षदेखि दुवाकोटमा बसोबास गर्दै आएको थियो।












Leave a Reply