भक्तपुरको पुरानो जगातीमा एकै रातमा आधा दर्जन घरमा चोरी भएपछि ……

भक्तपुर । भक्तपुरको पुरानो जगाती टोलमा बिहीबार एकै रातमा आधा दर्जन वढी घरहरुमा चोरीको असफल प्रयास भएको छ । भक्तपुर नगरपालिका वडा नं ८ पुरानो जगाती टोलमा विहीबार एकै रातमा सात वढी ठाउँहरुमा चोरीको प्रयास भएको स्थानीयले बताएका छन् ।
भक्तपुर नगरपालिका वडा नं ८ का वडा सदस्य स्थानीय टोलबासी कृष्णलाल किसीले कुनै ठाउँंमा चोरी नै भएको र कुनै ठाउँंहरुमा चोरीको असफल प्रयास भएको पाइएको जानकारी दिनुभयो । पांच मिनेटको हिडाइको बाटोमै चोर्ने प्रयास भएको पाइएको उहाँंले जानकारी गराउनुभयो ।
स्थानीयका अनुसार स्थानीय टोलबासीहरु महेश्वर सत्याल, जयराम ग्वाछा, शान्तलक्ष्मी गोसाई, ज्ञानी किसी, राजेश्वरी तचामोलगायतको घरमा चोरीको प्रयास भएको थियो । ती ठाउँंहरुमध्ये कति ठाउँंहरुमा ताला फोडी घर भित्र पसेको देखिएको जानकारी स्थानीयले दिएका छन् । उही चोरले लगालग सवैतिर चोरीको प्रयास गरेको स्थानीयको भनाई छ । राति ११ बजेदेखि चोरीको प्रयास भएको पाइएको स्थानीयको भनाई छ ।
ती चोरहरुले स्थानीय ज्ञानी किसीको टहरामा रहेको दुई वटा धातुको कलश चोरी भएको थियो । त्यहाँं डेरा भाडामा वस्नेको झण्डै दस हजार मूल्य पर्ने दुई वटा धातुको कलश चोरी भएको पीडितले बताए । टहराको भरयांगको दुई छेउमा राखिएको कलश चोरी भएको पीडितले बताए ।
स्थानीय जगतशेर गोसाईले बताए अनुसार सवै चोरीको प्रयास एकै समूहबाट भएको पाइएको छ । उहांका अनुसार सुरुमा टोलमा रहेको लक्ष्मीप्रसाद किसीको ट्याक्टरमा रहेको रिन्चुलगायतका विभिन्न सामाग्रीहरु चोरी गरेको हुनसक्छ । त्यही सामानहरुको सहायताले पाँंच मिनेटको हिडाइकै बाटोमा पर्ने आधा दर्जन घरहरुमा ताला फोडिएको पाइएको जानकारी उहाँंले दिनुभयो ।
स्थानीय साजन शिल्पकारले राति ११ बजे झ्यालबाट हेर्दा टाउकोमा क्याप र मुखमा माक्स लगाएको दुई वटा युवाहरु देखेको जानकारी दिनुभयो । उनीहरुबाटै चोरी भएको आशंका उहाँंले गर्नुभयो ।
यता ज्ञानी किसीको टहरामा बस्ने कल्पना ठकुरीका अनुसार टहरामा मानिस आएपछि आफै बती बल्ने व्यवस्था थियो । चोरीहरु टहराभित्र पसेपछि बती बलेको थियो । त्यसपछि उनीहरुले बती निभाउन भनेर नजिकैको स्वीच अफ गरे । तर त्यो स्विच बतीको नभईको पानी तान्ने मेशिनबो थियो । त्यसपछि पानी तानिएर जस्तामा लागेर सुुिनएपछि आफूहरु उठेको उहाँंले जानकारी गराउनुभयो । त्यसपछि चोरहरु भागेको उहाँंले बताउनुभयो ।
टोलमा एकै ठाउँंमा आधा दर्जन घरहरुमा चारीको प्रयास भएको देखिएपछि दिउँसो टोलबासीहरुबीच छलफलसमेत भएको थियो । एकैरातमा यस्तो देखिएपछि टोलमा सन्त्रास छाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *