नयाँ नेतृत्व चयन गरी महिला सहकारीको साधारणसभा सम्पन्न

भक्तपुर महिला बचत तथा ऋण सहकारी संस्था लि. को २४ औं वार्षिक साधारणसभा नयाँ संचालक समिति निर्वाचित गरी सम्पन्न भयो । साधारणसभाको उद्‌घाटन गर्दै भ.न.पा. ९नं वडाका वडाध्यक्ष रविन्द्र ज्याख्वले सह‌कारीको विकासले समुदायलाई सम्पन्न बनाएको बताउनुभयो। उहाँले आफ्ना छोराछोरी भाइबहिनी के गरिर‌हेछन, कस्तो संगत‌मा हिडेका छन् भन्ने कुरा प्रत्येक अभिभावकले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । स्रोतब्यक्ति भक्तपुर जिल्ला बचत संघका अध्यक्ष हरि बल्लले सह‌कारीलाई तिम्रो वा मेरो होइन हाम्रो भन्ने भावना विकास गर्नुपर्ने बताउनु भयो। संस्थाका कानूनी सल्लाह‌कार अधिवक्ता विकल प्रजापतिले महिलावाट संचालित संस्थाले महिलाको शीप विकास र स्वरोजगारीका लागि गतिविधि गर्न जोड दिनुभयो।

संस्थाका अध्यक्ष कृष्णश्वरी मचामसीको सभापति त्वमा भएको कार्यक्रममा मीना नकर्मीको अध्यक्षतामा नयाँ संचालक समिति निर्विरोध निर्वाचित भएको घोषणा गरियो । प्रमुख अतिथिवाट ज्येष्ठ सदस्यहरुलाई सम्मान, एसईई उत्तीर्ण वालवचतकर्तालाई उपकार प्रदान गरेको सभामा निर्मला प्रत्रापति, सुनिता दुवाल, मीना प्रजापतिले पनि बोल्नुभएको थियो। कार्यक्रमको अन्त्यमा निर्वाचन समितिका संयोजक रामेश्वरी दुवाल, अधिवक्ता विकल प्रजापति, निवर्तमान अध्यक्ष कृष्णश्वरी मचामसीले माला खादा र प्रमाण पत्र साथ बधाई दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *