भक्तपुरमा ‘दशैँ भक्तपुर रमाइलो महोत्सव २०८३’ शुभारम्भ

संस्कृति, व्यापार र स्थानीय पहिचानको उत्सव

नबराज काफ्ले
​भक्तपुर, असोज २२

कला, संस्कृति र ऐतिहासिक सम्पदाको धनी सहर भक्तपुरको सल्लाघारीस्थित खुल्ला मैदानमा आजदेखि ‘दशैँ भक्तपुर रमाइलो महोत्सव २०८३’ औपचारिक रूपमा सुरु भएको छ। औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालको आयोजनामा सञ्चालित यो विशेष मेला आज असोज २२ गतेदेखि असोज ३० गतेसम्म सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष युवराज पराजुलीले जानकारी गराउनुभएको छ।

​महोत्सवको औपचारिक समुद्घाटन बागमती प्रदेश सरकारका माननीय मन्त्री ज्ञानबहादुर तामाङले दीप प्रज्वलन गरी गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै मन्त्री तामाङले यस्ता स्थानीय मेला तथा महोत्सवले स्थानीय उद्योग, घरेलु उत्पादन र कला-संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

​​समारोहमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको समुपस्थिति रहेको थियो। विन्दास इन्द्रले कुशलतापूर्वक सञ्चालन गर्नुभएको सो कार्यक्रममा ​वरिष्ठ वरिष्ठ सङ्गीतकार / वरिष्ठ चलचित्र निर्देशक मदन घिमिरे,राष्ट्रिय गायक कपिल कस्पाल
,​विज्ञ सदस्य, प्रादेशिक योग समिति, बागमती स्वास्थ्य मन्त्रालयका डा. नवराज काफ्ले, नेपाल टेलिभिजन भक्तपुर संवादाता अञ्जिर सिंह विक, नेपाल पत्रकार महासंघ भक्तपुर का अध्यक्ष सुन्दर शिल्पकार,​ (अध्यक्ष, स्वतन्त्र पत्रकार संघ भक्तपुरका रेनु त्वाईना बासु,सिजी मोटर्स/हिरो बाइकका प्रतिनिधि सुलभ प्रधान, आदर्श सितोरियो कराटे डोजोका निर्देशक सुजल प्रधान,​ Xterm तथा म्याक्स टाइगरका प्रतिनिधि युनिस तुलाधर, स्पाइनल क्षेत्र परोपकार समाजका प्रतिनिधि ज्ञानकी छेका,​बाल उद्यान व्यवस्थापन संयोजक राजेश अधिकारी सहित ​ उपस्थित अतिथिहरूले महोत्सवको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

​​दशैँको उपलक्ष्यमा आयोजित यस महोत्सवमा एउटै थलोबाट सर्वसाधारणले दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, हस्तकलाका सामग्री तथा स्थानीय उत्पादनहरू खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ । भक्तपुरको मौलिक इतिहास, संस्कृति, कला र सम्पदालाई झल्काउने विभिन्न प्रदर्शनी तथा सांस्कृतिक झाँकीहरू महोत्सवको मुख्य आकर्षणका रूपमा रहेका छन्। साथै, मनोरञ्जनका लागि बाल उद्यान तथा स्वादिला परिकारसहितका फुड स्टलहरू पनि राखिएका छन्।

​दशैँजस्तो महान् चाडको पूर्वसन्ध्यामा आयोजित यस किसिमको सांस्कृतिक-व्यापारिक महोत्सवले नयाँ पुस्तालाई भक्तपुरको ऐतिहासिक पहिचान र परम्परासँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने मेलामा सहभागी भएका उपभोक्ताहरुको विस्वास रहेको छ ।
​
​यस्ता महोत्सवहरू व्यापारिक उद्देश्यमा मात्र सीमित नभई उपभोक्ता अधिकारको संरक्षण, स्थानीय उत्पादनको गुणस्तर नियन्त्रण र मौलिक संस्कृतिको सही बजारीकरणमा केन्द्रित हुनुपर्ने देखिन्छ । यस तर्फ आयोजक तथा स्थानीय प्रशासन सजग भई सञ्चालन गरेमा ‘दशैँ भक्तपुर रमाइलो महोत्सव २०८३’ ऐतिहासिक र अनुकरणीय बन्ने निश्चित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *