भक्तपुर, कात्तिक । तिहारको अवसरमा होस्टल व्यवसायी संघ नेपाल भक्तपुर जिल्ला कार्यसमितिले बृहत् देउसी–भैलो कार्यक्रम आयोजना गरेको छ ।
आपसी सद्भाव, भाइचारा र एकता अभिवृद्धि गर्नुका साथै मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
होस्टल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष किरण शर्माले यसअघि केन्द्रीय समितिले आयोजना गर्दै आएको देउसी–भैलो कार्यक्रम गत वर्ष ललितपुर जिल्ला कार्यसमितिले आयोजना गरेको र यस वर्ष भक्तपुरले आयाेजना गरेकाे बताउनुभयो । कार्यक्रम जिल्ला कार्यसमितिलाई हस्तान्तरण गर्दै लैजान सके स्थानीय संस्कार र संस्कृतिको जगेर्ना हुने उहाँको भनाइ छ ।
भक्तपुर जिल्ला कार्यसमितिका अध्यक्ष गणेश श्रेष्ठले देउसी–भैलोले संस्कार र संस्कृतिको संरक्षणसँगै संस्थाको आर्थिक स्रोत जुटाउन पनि सहयोग पुग्ने बताउनुभयो । यस्ता कार्यक्रमले होस्टल व्यवसायीबीचको एकता बलियो बनाउने उहाँले उल्लेख गर्नुभयो ।
संघकी उपाध्यक्ष अनु सिटौलाले स्थानीय कला र संस्कृति संरक्षणका लागि यस्ता सामाजिक कार्यमा लगानी आवश्यक रहेको बताउनुभयो ।
महासंघले गर्दै आएको देउसी–भैलो कार्यक्रम यसअघि ललितपुरलगायत विभिन्न जिल्ला कार्यसमितिले पनि सांस्कृतिक प्रस्तुतिसहित आयोजना गर्दै आएका थिए ।











Leave a Reply