भक्तपुर, कात्तिक २०
भक्तपुरको दतात्रय क्षेत्र शुत्रबार साँंझदेखि छुटै रौनकमा थियो । हजारौ मानिसहरुको भीड राति अवेरसम्म चल्यो । त्यसको कारण थियो नयाँं वर्ष नेपाल संवत् ११४७ को अवसरमा भक्तपुरको भिन्तुना तथा साँंस्कृतिक ब्वज्या (शुभकामना तथा साँंस्कृतिक कार्यक्रम) । शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको अवसरमा सयौं कलाकारले त्यहाँं आफनो कला प्रदर्शन गरेका थिए, जुन हेर्नका लागि हजारौ दर्शक सहभागी रहेका थिए ।
भक्तपुर नगरपालिका वडा नं. ९ कार्यालयको आयोजनामा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो ।ं नृत्य, गायनका साथै परम्परागत बाजाले दतात्रय क्षेत्र गुन्जायमान भएको थियो । कार्यक्रममा परम्परागत नेवारी कला, संस्कृति, बाजागाजा तथा सांस्कृतिक नृत्यलगायतका प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो ।
कार्यक्रममा सयौँ कलाकारले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए भने हजारौँ दर्शकले निःशुल्क रूपमा कार्यक्रमको अवलोकन गरेका थिए । नयाँ वर्षको खुसी साटासाटसँगै मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक भक्तपुर नगरपालिका वडा नं ९ ले जनाएको छ ।
कार्यक्रमका अवसरमा वडाभित्रका विभिन्न मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा योगदान पु¥याउँदै आएका दर्जनौँ सांस्कृतिक गुरुहरूलाई सम्मानसमेत गरिएको थियो । भक्तपुर नगरपालिकाकी उपप्रमुख आर्किटेक्ट रजनी जोशीले उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् ।
नेपाल संवत् नेवार समुदायको मौलिक संवत् भए पनि यसको सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई व्यापक रूपमा उजागर गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास गरिएको छ । कार्यक्रममाबारेमा सुरुमा स्वागतसहित जानकारी गराउँंदै आयोजक भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले साँंस्कृतिक प्रदर्शनीले संस्कृतिको संरक्षणका साथै पर्यटकीय आकर्षणमा सहयोग पुग्ने विश्वास लिए । कार्यक्रममा विदेशी नागरिकहरुका साथै स्थानीय कलाकार, संस्कृतिकर्मी, जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा भक्तपुर क्वाठण्डौंका पानी बाजे पनि पानी खुवाउन पुगेका थिए ।
दत्तात्रयमा जब भव्य सांस्कृतिक कार्यक्रम गरियो….











Leave a Reply