फरार तीन जना पक्राउ

भक्तपुरमा फैसला कार्यान्वयनका

भक्तपुर, कात्तिक १९। फैसला कार्यान्वयनका क्रममा भक्तपुर प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार जिल्ला प्रहरी परिसर, प्रहरी वृत्त ठिमी, जगाती तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले बुधबार विभिन्न मुद्दामा फैसला कार्यान्वयनतर्फका फरार तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये दुई जना बैंकिङ कसुर मुद्दाका रहेका छन्। उनीहरूलाई अदालतले जनही ५ दिन कैद र कुल तीन लाख ३५ हजार १०२ रुपैयाँ जरिवाना तोकेको थियो। यस मुद्दामा पीडित राहत कोषमा १३ हजार ३१६ रुपैयाँसमेत दाखिला गर्नुपर्ने उल्लेख छ।

त्यस्तै, अभद्र व्यवहार मुद्दामा एक जना पक्राउ परेका छन्। उनलाई २४ दिन कैद सजाय तोकिएको थियो भने पीडित राहत कोषमा २८० रुपैयाँ दाखिला गर्नुपर्ने फैसला भएको प्रहरीले जनाएको छ।

तीनै जनालाई जम्मा २९ दिन कैद सजाय र तीन लाख ३५ हजार १०२ रुपैयाँ जरिवाना हुने गरी फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि सम्मानित जिल्ला अदालत भक्तपुरमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *