चार जना पक्राउ

भक्तपुर, कार्तिक २०। जिल्ला प्रहरी परिसर भक्तपुरले फैसला कार्यान्वयनका क्रममा फरार रहेका चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त थिमि, जगाती तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका चार जनालाई पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये तीन जना बैंकिङ कसुर मुद्दाका प्रतिवादी रहेका छन्। उनीहरूबाट बिगोबापत २८ लाख १० हजार रुपैयाँ असुल गर्नुपर्ने देखिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

त्यस्तै, लागूऔषध मुद्दाका एक जना प्रतिवादी पनि पक्राउ परेका छन्। उनलाई अदालतले ६ महिना कैद र दुई हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।

पक्राउ परेका चारै जनालाई आवश्यक कारबाही तथा फैसला कार्यान्वयनका लागि सम्मानित जिल्ला अदालत भक्तपुरमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *