भक्तपुर । जनताको पक्षमा कलम चलाउँदै आएका कवि, कलाकार एवं अधिवक्ता रवि ख्याजूको आज पशुपति आर्यघाटमा अन्तिम विदाई गरियो । नेपाल भाषा साहित्य तःमूँज्यामा उहाँले लेखेको ख्याल ‘लयताः च्यो’ ले विशेष पुरस्कार र उहाँ आफै उत्कृष्ट पुरुष कलाकारको पुरस्कार घोषणा गरेको समाचारबाट खुशी भई श्रीमती सुवर्ण ख्याजू दुवालसँग बधाई साटासाट गरी घर फर्केका रवि १६ गते सोमबार साँझतिर घरमा बेहोश अवस्थामा भेटिएको थियो । त्यसपछि तत्काल अस्पताल पु¥याउँदा उहाँको निधन भएको थियो ।
भर्खरै ‘मुनासः’ को आयोजनामा उपत्यकाव्यापी ख्याल प्रतियोगितामा उहाँको ‘यो के भएको ?’ नामको ख्याल दोस्रो भएको थियो । २०३४ असोज २० गते बुबा कान्छा ख्याजू र आमा ज्ञानमाया ख्याजूका चौथो पुत्रको रुपमा जन्मिनु भएका ख्याजूको अन्तिम सँस्कार जेठी छोरीले गरेका थिए । उहाँको दुई छोरीहरु श्रेया र सुरवी छन् ।
कवि रवि ख्याजूलाई गरियो अन्तिम विदाई, छोरीले दिइन् दागवती











Leave a Reply