भोजन दान तथा भ्रमण कार्यक्रम सुसम्पन्न

भक्तपुर बौद्ध महिला संघको पाचौं वार्षिक उत्सव तथा स्थापना दिवसको उपलक्ष्यमा चांगथलि बुद्ध विहारमा श्रद्धेय त्रिपिटक विशारद पञ्ञासार महास्थविर भन्तेज्यू सहित भोजन दान तथा भ्रमण कार्यक्रम सुसम्पन्न भयो । भोजनदान तथा भ्रमण कार्यक्रममा भक्तपुर बौद्ध महिलासंघया ३३ जना सदस्य उपासिका धर्ममित्रहरू उपस्थिति रहेको चागंथलि विहारमा एक औंपचारिक कार्यक्रमको शुरूवातमा श्रद्धेय पञ्ञासार महास्थविरज्यूबाट पञ्चशील प्रदान साथै व्यवहारिक धर्मोपदेश गर्नुभयो । भक्तपुर बौद्ध महिला संघका अध्यक्ष सूर्यशोभा बज्राचार्यको सभापतित्वमा भएको कार्यक्रममा सघका सचिव बिद्या बज्राचार्य शाक्यलेे संघको उद्येश्य संगै वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । कार्यक्रमका सभापति सूर्य शोभा बज्राचार्य उपस्थित सबैलाई धन्यवाद ज्ञापन तथा संघको तर्फबाट भन्तेलाई धर्मपुजा गरेको थियो । औपचारिक कार्यक्रमको अन्तमा पुण्यानुमोदन गरि भोजन दान गरेको थियो । भोजन कार्यक्रम पछि हरिसिद्धि स्थित पुण्य उदय विहार, सुनाकोठि स्थित बौद्धजन विहारमा अखिल नेपाल भिक्षु महासंघका महासचिव श्रद्धेय भिक्षु धर्मगुप्त महास्थविरज्यू संग दर्शनभेट भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *