भक्तपुर, असोज २० — महोत्तरीको बर्दिबासबाट काठमाडौँतर्फ आउँदै गरेका दुई वटा ईभी हायस गाडीबाट बिलबिजक नभएका अवैध सामानहरू प्रहरीले बरामद गरेको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले सूर्यविनायक नगरपालिका–८ स्थित जगाती चेकपोस्टमा जाँच गर्दा बिलबिजक नभएका सामानहरू फेला पारेको हो। असोज १९ गते गाडी रोकी खानतलासी गर्दा बरामद गरिएका सामानको कुल अनुमानित मूल्य रु. ३,१४,०४०/- (तीन लाख चौध हजार चालिस रुपैयाँ) रहेको छ।
बरामद गरिएका सामानहरू:
-
मरिच: ३ बोरा (९० केजी) – अनुमानित मूल्य रु. १,८०,०००/-
-
तुलसी सुर्ती: ३६० प्याकेट – अनुमानित मूल्य रु. १,२९,६००/-
-
पानमा हाल्ने सुर्ती: ५५ बट्टा – अनुमानित मूल्य रु. २,६४०/-
-
पानमा हाल्ने नगिना: १० बट्टा – अनुमानित मूल्य रु. १,०००/-
-
पानमा हाल्ने महागौरी: १० बट्टा – अनुमानित मूल्य रु. ८००/-
बरामद गरिएका सामान र सवारी साधनसहित नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि असोज २० गते आन्तरिक राजस्व कार्यालय भक्तपुर तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौँ पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (DSP) दीपक कुमार कार्कीले जानकारी दिनुभएको छ।







Leave a Reply