मध्यपुर थिमि – मध्यपुर थिमि नपा ४ शंखधरचोकस्थित शंखधर बचत तथा ऋण सहकारी संस्था लि.को १९ औं वार्षिक साधारणसधा सम्पन्न भयो । संस्थाका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर जिल्ला बचत संघका अध्यक्ष हरि कृष्ण बल्लले सरकारले ऐन जारी गर्दा सहकारी संस्थाहरुलाई नियनत्रण गर्न खोजेको बताउनु भयो । संस्थाका अध्यक्ष श्याम कृष्ण श्रेष्ठले शंखधर साकोसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्यहरुको आर्थिक उन्नति, सामाजिक विकास, सांस्कृति, शैक्षिक एवं सिप विकासका साथै स्वास्थ्य सम्बन्धि गर्दै आएका कार्यहरुको बुँदागत जानकारी दिनुभयो । संस्थाका सचिव राजु श्रेष्ठले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्यहरु ३ हजार ३ सय र संस्थाको कुल सम्पति ६६ करोड पुगेको जानकारी दिनुभयो । संस्थाका कोषाध्यक्ष न्हुछेराज बज्राचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा लेखा संयोजक हिरारत्न बज्राचार्यले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । संस्थाका उपाध्यक्ष केशवमान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा जेष्ठ पुरुष र महिला सदस्यहरुलाई उपहार सहित सम्मान गरिएको थियो । गत वर्षको एसईई परीक्षा २०८२ मा उत्कृष्ट नतिजा ल्याएका शेयर सदस्यहरुलाई पनि सम्मानित गरिएको उक्त कार्यक्रममा मथिनपाका ४ वटा सामुदायिक विद्यालयको कक्षा १० मा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति सहित शंखधर सम्मान प्रदान गरिएको थियो । शंखधर बैंक्वेटमा भएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष श्याम कृष्ण श्रेष्ठले संस्थाको शेयर पुँजी ४ करोड ७१ लख पुगेको तथ्य प्रस्तुत गर्नुभयो ।
शंखधर सहकारीको १९ औं वार्षिक साधारणसभा







Leave a Reply