राष्ट्रिय ज्ञानमाला संघ अन्तर्गत भक्तपुर जिल्ला उपसमितिको आठौं वार्षिकोत्सब तथा तेस्रो वृहत् ज्ञानमाला प्रस्तुति समारोह नगरप्रमुख श्री सुरेन्द्र श्रेष्ठज्यूको प्रमुख आतिथ्यत्वमा मध्यपुर थिमि नगदेश, बुद्ध विहार प्राङ्गणमा सम्पन्न भयो । प्रमुख अतिथि नगरप्रमुख सुरेन्द्र श्रेष्ठ तथा नेपाल राष्ट्रिय ज्ञानमाला संघका केन्द्रीय कोषाध्यक्ष विषेश अतिथि राजभाई शाक्यले संयुक्त रूपमा समारोहको पानसमा दीप प्रज्वलन गरि उद्घाटन गर्नुभयो ।
प्रमुख अतिथि नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बुद्ध नेपालमा जन्म भए पनि विदेश बुद्धधर्म बढी प्रचारप्रसार भएको कुरा बताउनु भयो । भक्तपुरमा पनि ज्ञानमाला भजन प्रति आकर्षण र प्रचारप्रचार भैराखेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय ज्ञानमाला संघ नेपाल अन्तर्गत भक्तपुर जिल्ला उपसमिति संग सहकार्य गरेर अगाडि बढ्न सक्ने बताउनु भयो । मध्यपुर थिमिया उपप्रमुख श्री विजयकृष्ण श्रेष्ठले मध्यपुर थिमिमा पर्यटन विकासको बारे र ज्ञानमाला भजनको लागी आवश्यक सहयोग गर्ने बताउनुभयो । त्यस्तै विशिष्ट अतिथि नेपाल राष्ट्रिय ज्ञानमाला संघका महासचिव श्री ईन्द्रमुनि शाक्यले २०८५ सालमा हुने “बाह्रौं राष्ट्रिय ज्ञानमाला सम्मेलन” भक्तपुरमा हुने भएकोले सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गरि भव्य रूपमा सम्पन्न गर्नु पर्ने जानकारी दिनुभयो ।
समारोहमा मथिनपा ७ का वडाध्यक्ष तथा नगदेश बौद्ध संघका अध्यक्ष श्री कृष्णकुमार प्रजापति, १ वडाका वडाध्यक्ष बालकृष्ण डंगोल, राष्ट्रिय ज्ञानमाला संघका केन्द्रीय सल्लाहकार डा. पुष्परत्न शाक्य, अर्का केन्द्रीय सल्लाहकार तथा स्वयम्भू ज्ञानमाला भजन खलःका अध्यक्ष पूर्णकाजी ज्यापू केन्द्रीय कोषाध्यक्ष श्री राजभाई शाक्य, केन्द्रीय सदस्य तथा निवर्तमान संयोजक श्री गणेशराम प्रजापति, सल्लाहकार पुण्यरत्न शाक्य लगायतले ज्ञानमाला भजनको विकास संगै बुद्धका शिक्षाहरू व्यवहारमा उतार्न पर्ने र जीवन उन्नति हुने कुरा बताउनु भयो । आठौं वार्षिकोत्सब तथा तेस्रो ज्ञानमाला भजन प्रस्तुति समारोहमा भक्तपुर जिल्लाका २१ वटा ज्ञानमाला भजन खलः र किर्तिपुर-चन्द्रगिरी-दक्षिणकाली उपसमितिबाट एक-एकवटा ज्ञानमाला भजन प्रस्तुत गरिएको थियोे । सहभागी भजन खलःहरू तथा आर्थिक सहयोग गर्ने महानुभावहरूलाई प्रमाणपत्र र मैत्री चिन्ह प्रदमन गरिएको थियोे । समारोह भक्तपुर जिल्ला उपसमिति संयोजक श्री गौतम बज्राचार्यज्यू सभापतित्वमा सम्पन्न समारोह स्वागत तथा कार्यक्रम बारे सह-संयोजक श्री तुलसीकाजी मानन्धरले दिनुभयो । सचिव श्री कृष्णभक्त हाँय्जुले प्रगति प्रतिवेदन पढेर सुनाउनु भयो । समारोह पञ्चशील प्रार्थनाबाट शुरूवात भई अन्तमा सभापति बाट धन्यवाद ज्ञापन तथा सामुहिक पुण्यानुमोदन गरेर समारोह समापन गरिएको थियोे ।












Leave a Reply