१९ साैँ पुस्तकालय दिवस वागीश्वरी सभाहलमा एक विशेष कार्यक्रम गरी मनाइयाे। उक्त कार्यक्रमलाई सम्बाेधन गर्दै विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले डिजिटल तरिकाले पुस्तक पढ्नुभन्दा वास्तविक पुस्तक पढ्नुपर्ने कुरामा जाेड दिँदै पुस्तकमा पढेकाे कुरा स्मरणमा रहिरहने बताउनुभयाे। टेक्स्टका संयाेजक दिनेश प्रधानले कक्षा ९/१० का विद्यार्थीहरूले खासगरी नेपाली र सामाजिक विषय सजिलाे बनाउन र कल्पनाशक्ति बलियाे बनाउन पठन संस्कृतिमा जाेड दिँदै पढ्नुपर्ने केही पुस्तकहरूकाे सूचीसमेत प्रस्तुत गर्नुभयाे। त्यस्तै विद्यालयका नेपाली शिक्षक इन्द्रकुमार श्रेष्ठले विद्यार्थीले सुरुमा आफ्नै देश र दर्शन बुझ्ने पुस्तकहरू पढ्नुपर्ने कुरा बताउनुभयाे। कार्यक्रममा कक्षा ९ र १० का गरी जम्मा १४ जना विद्यार्थीहरूले आफूले मन पराएर पढेका विभिन्न पुस्तककाे सामान्य परिचयात्मक समीक्षा प्रस्तुत गरेका थिए।कक्षा १० की छात्रा निशा थापाले सञ्चालन गरेकाे र सहायक प्रधानाध्यापक ज्ञानेन्द्र श्रेष्ठ,शिक्षक मङ्गलेश्वर ध्वजु र पुस्तकालय शिक्षक राधेश्याम प्रजापतिसमेतकाे समुपस्थितिमा भएकाे उक्त कार्यक्रम,कार्यक्रमका सभापति पुस्तकालय प्रमुख लक्ष्मीप्रसाद गाँइजुकाे सभापतित्वमा भएकाे थियाे
डिजिटल पुस्तक पढ्नुभन्दा वास्तविक पुस्तक पढ्नुपर्नेमा जाेड











Leave a Reply