रामकृष्ण शंखदेव
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा नं. ५ कुमाननी÷तुलंननी टोलबाट यस बर्ष परम्परागत थिमि भैलः प्याख (नाच) प्रदर्शन गरेको छ । गाईजात्राको भोली पल्टदेखि भाद्र कृष्ण द्वितीया (गुंलागा द्वितीया) देखि पञ्चमीसम्म सञ्चालन हुने गर्दछ । अर्थात यस वर्ष भाद्र १४ गतेदेखि १७ गतेसम्म नाच प्रदर्शनमा आउने छ । भैरवले खड्ग, कुमारीले डमरू र ज्यापूँगले ज्यापूँग अर्थात कपालको बिंया, अक्षता, त्वाय् भएको भाँडो, हातमा लिएर विभिन्न तालमा विभिन्न नाच्ने परम्परा रहेको छ । मध्यपुर थिमिमा लाय्कु दरवारबाट पनि लायकु भैलः नचाइन्छ भने प्रजापति समुदायबाट पनि बिभिन्न टोलटोलमा यो नाचको आयोजना गर्ने गरेको छ । नाचको क्रममा भैरव र कुमारीले बेलाबेलामा क्रोधित भएर नाच्ने र ज्यापुंगले शान्त बनाउने गर्दछन् भने नाचका लागि १२ जनाले दागः, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चारजनाले मुहाली बजाई सुर ताल दिने गरिन्छ । मध्यपुर थिमि नगरपालिका, वडा कार्यालय तथा स्थानीय टोल कुमाननी र तुलननी एवं विभिन्न वडाबासीहरूको साथ र सहयोगमा निकाल्न लागिएको हो । मल्लकालिन सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको थिमि भैलः प्याख श्री गणेश साँस्कृतिक समाजको आयोजना तथा स्थानीय नगर तथा टोलबासीहरूको सक्रिय साथ र सहयोगमा निकालेको छ । परम्परागत भैलः प्याखं ऐतिहासिक तान्त्रिक महत्व बोकेको नाचमा दुईजना भैरब, दुई जना कुमारी अर्थात दागीं र एक ज्यापुंग रहने गर्दछ । कुल ३२ ताल नचाइने परम्परागत थिमि भैलः अहिले २७ ताल प्रचलित छन् । ती तालहरू विशेष स्थान अनुसार विशेष ताल बजाउनु पर्ने शास्त्रमा उल्लेख गरिएको बताइएको छ ।
को को छन् त कलाकार ः यस वर्ष प्याखलाई सफलतापूर्वक सम्पन्न गर्न कलाकारहरूमा ज्यापुगचामा विनिस प्रजापति, न्हापा (पहिलो) भैलःमा विज्ञान प्रजापति, लिपा( दोस्रो) भैलः रिजन प्रजापति, न्हापा (पहिलो) दागी निराजन प्रजापति र लिपा (दोस्रो) दागीमा बिमल प्रजापति रहेको प्याखं व्यवस्थापन समितिका संयोजक विजय प्रजापतिले जानकारी दिनुभएको छ ।
भैलः प्याखं किन नचाइन्छ ? कहिलेबाट यो नाँच सुरू भएको हो भन्ने यकिन सहित भन्न गाह्रो छ तर धेरै पहिला अगाडी थिमिमा भूतप्रेतहरूले धेरै दुःख दिने रहेछ । दिउँसो नै भूतप्रेतले दुःख दिन थाले पछि एक्लै हिंडदुल गर्न डराउन थाले । खेतमा काम गर्न जान पनि छाडे र नगरमा हाहाकार हुन थाल्यो । तान्त्रिक भैलःको साधना गरेर भूतप्रेतहरू भगाउन सकिन्छ भनेर भैलःको साधना गरेर तन्त्र विधिबाट भैलः को विभिन्न क्रोधको मुद्रामा नाच निकाले पछि भूतप्रेत भागे भन्ने धारणा छ । त्यसैले यो नाँच नचाउनुको मुख्य उदेश्य भन्नु नै दुःख दिइ रहने दुष्ट राक्षसहरू भगाउन, नराम्रो शक्तिबाट सुरक्षा दिन, धर्म, समाजको संरक्षण र सबैको शुभ होस् भनेर नचाइरहेको विश्वास गरिन्छ । तत्कालीन समयमा मध्यपुर थिमिका बासिन्दाहरूलाई भूतप्रेत तथा पिचासहरूले दुःख दिने गर्थे । यसले गर्दा थिमिवासीहरूमा सधैं त्रास र भय हुने भएपछि तत्कालीन शासकहरूले आफ्ना तान्त्रिक एवं ज्योतिषहरूले उक्त नाच प्रदर्शन गरेपछि भूतप्रेत तथा पिचासले दुःख दिन छाडेको विश्वासमा तत्कालीन शासकहरूले उक्त नाचलाई कहिल्यै नरोक्नु भनेको किम्बदन्ती रहेको छ । नाचको लागि धेरै रकमको समेत आवश्यक रहेकोले नाच सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण नगरवासीहरूको साथ र सहयोग समेत आवश्यक पर्ने भन्दै सहयोगको लागि आव्हान समेत गरेको छ ।
परम्परागत थिमि भैलः नाचमा नृत्य गर्ने देवगणहरू निम्नानुसार हुने गर्दछ । १. ज्यापुंगःचा (हरिसिद्धी)ः– श्याम वस्त्र, मुकुन्डो हुन्दैन तर कलात्मक मतु मात्रै लगाएको हुन्छ । हातमा ज्यापू राख्ने ढकी बोकेको हुन्छ । २. न्हापा भैलः पहिलो भैरव ÷ चण्डिका भैलः÷ प्रचण्ड÷चण्ड भैलः (दिगु भैलः को प्रतीक); – श्याम वस्त्र, डरलाग्दों ठुलो भैरव मुकुन्डो लगाएको हुन्छ । साथै हातमा खड्ग बोकेको हुन्छ । ३. लिपा भैलः दोस्रो भैख बटुक भैरव (बालकुमारीको भैरवको प्रतीक)ः– श्याम वस्त्र, डरलाग्दो ठुलो भैख मुकुन्डो लगाएको हुन्छ । हातमा खड्ग बोकेको हुन्छ । ४. न्हापा दागें ः कुमारी (बालकुमारीको प्रतीक)ः–रातो बस्त्र, रक्त वर्ण, मुकुन्डो लगाएको हुन्छ । हातमा डमरु लिएको हुन्छ । बालकुमारी ५. लिपा दागें ः महालक्ष्मी ः– रातो वस्त्र, रक्त वर्ण, मुकुन्डो लगाएको हुन्छ । हातमा डमरु लिएको हुन्छ । ती मध्ये हरिसिद्धी÷ज्यापुंग सानो उमेरको बालक हुने गर्दछ जसले भैलः, दागें उग्र रुप लिएर जागेका बेला ज्यापू (कपासको वियाँ ले छातीमा हानेर शान्त पार्ने कार्य गर्दछ। ज्यापुले हानेर भैलः। दागेको क्रोधलाई शान्त पार्ने भएकाले हरिसिद्धिलाई ज्यापुंग पनि भनिएको हो भनी भैलः गुरुहरुले बताउनु भयो ।











Leave a Reply