डा इन्दुल केसी
शुभारम्भ
अमृत्यश्वरी श्रृंखला कविता सङ्ग्रहका कवि ईश्वर थोकरजी स्वयम्ले यो पुस्तक एक प्रति ‘अग्रज लेखक तथा पत्रकार डा. इन्दुल केसीप्रति सप्रेम उपहार’ भनी स्वहस्ताक्षरले लेखी मलाई दिनुभयो । उक्त पुस्तकलाई मैले अभिरुचिपूर्वक पढेँ । कवि ईश्वर थोकर नेपाली र तामाङ भाषाका एक सिद्धहस्त रचनाकार हुनुहुन्छ । थोकरजीको संक्षिप्त परिचय मैले पढेअनुसार उहाँ एक गजलकार एवम् पत्रकार हुनुहुन्छ । उहाँको लेखनीबाट धेरैवटा कविता सङ्ग्रह, संस्मरण सङ्ग्रहहरू प्रकाशित भइसकेका छन् । उहाँ एक अनुवादक हुनुको साथै सोमसार साहित्यक आन्दोलनका एक प्रवत्र्तक पनि हुनुहुन्छ । यी उल्लिखित विवरणहरु यसै पुस्तकमा समावेश गरिएका छन् ।
अमृत्यश्वरी पुस्तक
यस पुस्तकमा ईश्वर थोकरका गुरुआमा अमृत्यश्वरीज्यूको स्वभाव, व्यवहारमा केन्द्रित भएर रचना गरिएका १४ वटा कविताहरु छन् । रचनाकारको यो आफ्नो दशौं कृति उनै गुरुआमालाई समर्पित गरिएको छ । पुस्तकको शुरुमा आफ्नो बालककालदेखि आफ्ना गुरुआमाको टौमढि टोलस्थित घरमा आफ्नो बुबा थान्का कलाका साथ डेरा गरी बसेको, सेन्ट जोन्स् आवासिय स्कूलमा हेडमिस उनै गुरुआमा अमृत्यश्वरी हुनुहुन्थ्यो । उक्त स्कूलमा आफूले पढेको आफ्नो स्कूले जीवनको विविध कुराका विवरणहरु यस पुस्तकको प्रथम खण्डमा रहेको छ ।
श्री सुनिलराज दैवज्ञकी श्रीमती अमृत्यश्वरीजीले लेखक ईश्वर थोकरलाई आफ्नै शिष्य–विद्यार्थीलाई असाध्यै माया गर्ने कुराको साथै २०८२ साल जेठ २४ गते शनिबारको गोरखापत्र दैनिक पत्रिकामा प्रकाशित ‘गुरुआमा अमृत्यश्वरी’ शीर्षकको संस्मरण लेख पढेर आफूलाई पटक–पटक कृतज्ञता व्यक्त गर्नुभएको कुरा यस पुस्तकको अग्र भागमा छ । रचनाकारले यसैलाई आफ्नो लेखकीयको रुपमा प्रस्तुत गरिएको छ ।
कविताको चर्चा
कविता साहित्यको एक सशक्त विधा हो । यसको बाह्य संरचना कलासँग र यसको आन्तरिक भावसँग सम्बन्धित छ । कविताबारे श्री पारसमणि प्रधानज्यूले लेख्नुभएको एउटा प्रसिद्ध कविता – ‘कवि कविता होस्, कविता कवि होस् तब पो कविता हुन्छ, शब्द थुपारिकन के हुन्छ ? भाव भए पो हुन्छ ।’ यहाँ कवि ईश्वर थोकरका कविताहरुले पारसमणि प्रधानजीको उक्त भनाईसँग तादम्यता भएको देखिन्छ । यस पुस्तकमा रहेका जम्म १४ वटा कविताहरुमा सबैभन्दा बढी ५८ शब्दहरु मात्र र सबैभन्दा कम १० वटाका कविताहरु समावेश छन् ।
हिजो आजा पुस्तक पढ्ने पठन संस्कृति खुम्चिँदै गएको छ । लामो गनथनका कुरा पढ्न पाठकहरुले रुचाउँदैनन् । यीनै कुराहरु ईश्वर थोकरजीलाई लागेको हुनुपर्छ । थोकरजीको उक्त कविताहरुमा आफ्ना गुरुआमाले आफुलाई वात्सल्य प्रेम दिनुभएको – ‘तिम्रो काखमा न्यानो छ’, स्कूल जाँदाआउँदा गुरुआमाको औंला समाई हिँडेको, आफू रुँदा गुरुआमाले आँसु पुछिदिने गर्नुभएको, आफूले अन्जानमा गरेका बदमासीहरु उनै गुरुआमाको बचनले आफू सुध्रिएको, स्वर्ग भनेको गुरुआमाको काखलाई नै मानेको, जीवनभर गुरुआमाको बारे कविताहरु लेखिरहने आफ्नो अभिलाषा, भक्तपुरको न्यातापोल देगलको चर्चा, गुरुआमाको मुहारमा देखिने उमंग, वेदना, सपनामा पनि आइरहने गुरुआमा, प्रत्येक क्षण गुरुआमा मुस्कारहेको सम्झना, बाबु भनी आफूलाई बोलाउने र भक्तपुर नगरमा मनाइने विस्का जात्रा, गठेमंगल, लायेकु, खौमा टोल अनि सम्य् बजी, इत्यादि कुराहरु उक्त कविताहरुमा उल्लेख भएका छन् ।
अन्तमा
कवि ईश्वर थोकरले आफूलाई जन्म दिने आमासरह नै आपूmलाई शिक्षादिक्षा दिने गुरुआमालाई आदर, सद्भाव, प्रेमलाई कविताहरुको यो संगालो नेपाली भाषाको कविता भण्डारमा नौलो विशेषता बोकेको पुस्तक थपेको छ । कविको लेखन शैली, प्रस्तुतीमा मौलिकता र आकर्षक छ । यो कृतिले कतिपय नयाँ सिकारु लेखक र कविहरुलाई नौलो प्रयोगको मार्ग निर्देशन गरेको देखिन्छ । ‘मातृदेवो भवः, पितृदेवो भवः, गुरुदेवो भवः’ भन्ने श्लोकमा भनेजस्तै यहाँ ईश्वर थोकरजीले आफ्ना गुरुआमालाई देवतासरह मानेको कुरा स्पष्ट छ । यस पुस्तकको कलेभर÷आकार सानो छ । गुरुआमाको रङ्गीन फोटोले सजिएको कभरसहित जम्मा ३४ पानाको पुस्तकमा अक्षरको आकार सानो भएकोले आँखा कमजोर भएका पाठकहरुले पढ्नलाई अलि गाह्रो हुने देखिन्छ । कवि ईश्वर थोकरको यो पुस्तक पठनीय छ । कविजीलाई मेरो धन्यवाद ।्
०००
अमृत्यश्वरी पुस्तकमा मेरो दृष्टि












Leave a Reply