यसरी ज्यान जोगाएर भक्तपुर फर्कियौ हामी

(भक्तपुरबाट सँंगसँंगै गोसाईकुण्ड पुगेर जिवित फर्कन सफल भक्तपुरका राकेश त्वानाबासु र लक्ष्मीनारायण सिजखोसँंग गरेको कुराकानीमा आधारित ।)
विहानको समय थियो । गोसाईकुण्ड भन्दा माथिको सूर्यकुुण्डबाट करिब ९ बजेतिर फर्किदै थियौ हामी गोसाइकुुण्ड, जुन गोसाईकुुण्डबाट करिब २ घण्टा हिडेपछि पुुगिन्छ । सूर्यकुण्डबाट गोसाईकुुण्ड हामी पुग्दै गर्दा त्यहाँ स्थानीयबासीहरु सबै क्वाक्वा रोइरहेका थिए । किन रोएको भनेर सोध्दा स्याफूबेसीमा ठूलो बाढी आयो भने एकजनाले । हामीले सोच्यौं, पछिल्लो समय जस्तै कुनै एक निश्चित ठाउँमा बाढी आएर धनजनको क्षति भयो होला भन्ने । त्यसपछि मैले घरमा फोन गरे । के हो खास कुरा बुुझ्न । घरमा कल गर्दा थाहा छैन भनेर उहाँहरुले पनि सामान्य रुपमा लिनुुभयो । तर बुुझेर फोन गर्छु गोसाइकुुण्ड नै बस भने । पछि फोन आयो घरबाट । ठूलै बाढी पहिरो आएको रहेछ । राम्रोसँग विस्तारै त्यहाँ बुुझेर आउँ भन्ने कुरा भयो । हामी विस्तारै गोसाइकुण्डबाट तल झर्न थाल्यौं ।
तल झर्दै गर्दा बाटोमा परेका होटल, त्यहाँबाट बासिन्दा सबै रोइरहेका थिए । आतिरहेका थिए । कसैले मेरो छोरी, कसैले मेरो सबै परिवार नै बढीमा पर्यो भनेर रोइरहेका थिए । उनीहरु रोएको देखर हाम्रो आँखाबाट पनि थाहै नभई यत्तिकै आँशु झ¥यो । मनमा झन डर हुनथाल्यो । मोबाइल खोलेर हेर्न खोज्दै गर्दा नेटवर्क र डाटा नै नचल्ने भइसकेको थियो । मनमा के गर्ने, कसो गर्ने, घर पुुग्ने हो कि होइन् ? स्कुुटर धुुन्चेमा छ । धुन्चेमा कस्तो अवस्था होला ? न धुुन्चे पनि बगायो कि भन्ने नानाथरी मनमा प्रश्न खेल्न थाले । तर साथीलाई भने मैले भनिन । किनभने हामी दुुईजना मात्र होइन, सबैजना नै डराइरहेका थिए । त्यसमाथि मेरो डर पनि साथीलाई सर्छ मैले भने भने झै लाग्यो । साथीलाई संगसँगै हिडौं भनेर भने । अगाडि पछाडि भेटिएका पैदलयात्रीहरुसँगै हुलमुलमा सँगै हिड्यौं । खुुट्टाले हिड्न सक्दिन भनिसकेको थियो । गाह्रो भइसकेको थियो । दुुईदिन लगाएर विस्तारै धुुन्चे पुुग्ने ठाउँमा हामी एकै दिनमा धुुन्चे पुुग्ने निर्णय गयौं ।
हामी हिडेको बटोमा स सानो खोला थियो जाँदा । तर फर्किदा त्यही बाढीको प्रभावले हो कि खोलाको बहाव ठूलो भइसकेको थियो । बल्लबल्ल अरुको सहारा लिँदै हामीले खोल्साहरु टर्दैै बाटो लाग्यौं । विचमा कति पैदलयात्रीहरु नुुवाकोटको पुल बगाएको थाहा भएपछि दुुच्छेश्वर पुुग्ने बाटोतिर मोडियौ । हामी भने हाम्रो स्कुटर पनि भएकोले धुुन्चेतिर नै तल झ्र्न थाल्यौं । बाटोमा हाम्रो सुरक्षाकर्मीहरुसँग भेट भयो । हामीले सँगैसँगै हिड्न खोज्यौं । तर उहाँहरुले हिडाइ नै यति छिटो थियो कि हामी दौड प्रतियोगितामा भाग लिएसरी उहाँहरुको पछिपछि लाग्न थाल्यौं किनभने रात पनि परिसकेको थियो त्यसबेलासम्म । हामी रात पनि नभनी उहाँहरुलाई पछ्याउदै बेलुुकी साढे ८ मा धुुन्चे पुुग्न सफल भयौ । स्कुटर केही भएको थिएन र धुुन्चे बजारमा पनि बाढी पुुगेको रहेछ । त्यहाँका होटल व्यवसायीहरु पनि स्याफुुबेसी र भोटेकोसी नजिक रहेकालाई सम्पर्क गर्न खोज्दै थिए । कोही भने रुदै फोन गर्दै थिए । फोनको नेटवर्क भने आएको आए थिए । त्यसरात जसोतसो हामी बास बस्यौं । विहान उठेर हेर्दा स्याफुबेसी लेदोले ढाकेको थियो । जाँदा शहर हेरेर गएको तर फर्किद लेदो मात्र थियो । एकछिन अलमल्लमा परे । अब कसरी के गर्ने भनेर । किनभने नेटवर्क पनि थिएन । त्यहाँ हामीले केही सुरक्षाकर्मीहरुलाई काठमाडौं निस्कने बाटो बैकल्पिक बाटो छ कि भने सोध्यौं । उहाँले एउटा टोखा निस्किने बाटो यहाँबाट जानु भनेर निस्क्यिौं । तर त्यो बाटो यति धेरै जोखिमपुुर्ण थियो कि बाटो हो कि ढुङगाको थुुप्रो । त्यस्तो थुप्रोमाथि स्कुटर चलाइरहेका छौं थाहै छैन । त्यस्तै आपत पर्ने बेला देवता हेर्छ भन्थे, हो जस्तो लाग्यो । हामी पहिलो दिन फुल ट्याकीं भरेर गएका थियो । धुन्चेसम्म पुुग्दा थोरै तेल बाकी थियो । तर त्यही तेल फर्किने क्रममा सकिन्छ कि फेरी बिचबाटोमा सक्यो भने के गर्ने भन्ने डर थियो । तर हामी यति लामो बाटो गुुडाएर ल्यायौं । तर पनि पेटोल सकेको थिएन । पछि प्रेटोल पम्प एउटा आएपछि फुल ट्याकी राख्यौ । त्यस्तो बाटो हो कि होइन भन्ने जस्तो बाटोमा प्रेटोल नसकिएको देखेर हामीलाई समस्या पर्ने बेला देवताले हेर्छ भन्छ हो जस्तो लाग्यो । अहिले पनि म सम्झेर अचम्ममा लागिरहेको छ । बाटो हिलो, ढुुंगा हुँदै ११ गते राति ९ बजे हामी घर पुगेका थियौं ।
बिचमा नेटवर्ट आएपछि घरमा फोन सम्पर्क गरेका थियौं । घर आइसकेपछि समाजिकसंजालमा भिडियो हेर्दा हामी धन्न बाचौं जस्तो लाग्यो । दैवको कृपाले हामी सकुसल घर आउन सफल भयौं ।
रसुवाबाट नुवाकोट हुँदै काठमाडौं निस्किने वैकल्पिक सडक मार्ग रसुवा जिरो किलोमिटर, अम्बाबास, भोर्ले, पारच्याङ, पाटीखर्क, सरमथली हुँदै लच्याङछाप (नुवाकोट), बाहुनबेँसी, छहरे, काठमाडौं निस्केका थियौं । यता आउँदै गर्दा पनि बाटोमा केही साथीहरुसँगसँगै आएका थियौं । किनभने यदि केही गरी पेटोल सक्यो भने लिन मिल्छ भनेर । उहाँहरुले पनि हुन्छ सँगै जाउँला भन्नुुभयो । तर यदि हामी पछि पर्यो र उहाँहरु अघि निस्किए भने फोन गर्नलाई नेटवर्क छैन भनेर स्कुटर उहाँभन्दा अघिअघि कुुदाए ।
भक्तपुरबाट भदौ ८ गते सोमबार स्कुटरबाट म (राकेश त्वानाबासुु) र मेरो साथी लक्ष्मीनारायण सिजखो सिलु (गोसाइकुुण्ड) को लागि निस्केका थियौं । पहिलो दिन धुन्चेमा स्कुटर राखेर खाना खाएर धुन्चेबाट चन्दबारीमा बास बसेका थियौं । दोस्रो दिन चन्दनबारीबाट विस्तारै दुुइता लौरो टेक्दै लौरीविनायक, तेस्रो दिन लौरीविनायकबाट उकालो पैदलयात्रा गर्दै गोसाइकुण्ड तीर्थस्थलमा पुुगेका थियौं । चाडै भएको कारणले हामी सुुर्यकुुण्ड पुगेका थियौं ।
जानकारहरुका अनुसार भोटेकोशीमा तिब्बती भूभागबाट आएको आकस्मिक बाढीको सम्भावना बुझ्न सन् २०२५ को घटना महत्वपूर्ण उदाहरण हो । २०२६ मा प्रकाशित एक वैज्ञानिक अध्ययनअनुसार ८ जुलाई २०२५ मा प्युरेपु हिमनदी क्षेत्रमा भएको विशाल सुप्राग्लेसियल हिमतालको विस्फोटले चीन–नेपाल सीमापार विनाशकारी बाढी निम्त्याएको थियो । अध्ययनले उक्त घटनामा करिब ९१ लाख घनमिटर पानी बाहिरिएको र ठुलो जलप्रवाहले चीन–नेपाल सीमापार क्षेत्रमा गम्भीर क्षति पु¥याएको देखाएको छ । उक्त घटनामा ११ जनाको मृत्यु भएको थियो भने १९ बेपत्ता भएका थिए ।
सन् १९८०÷८२ तिर नाम्चेमा पनि हिमताल विस्फोटपछि बाढी आएको थियो । त्यसका त्यतिबेलाका आँकडा र विवरण हेर्दा यो नै ठूलो देखिन्छ । त्यति बेलाभन्दा अहिलेको बाढीको मात्रा र क्षति गर्ने क्षमता यसको बढी छ । यसको सतह निकै माथिबाट आएको छ, जसको कारण पानीको मात्रा हो, भुर्गभविद रञ्जनकुमा दाहालले बताएका छन् ।
रसुवामा आएको अचानकको वाढीले हालसम्म सयौं मानिसको मृत्यु भइसकेको पुष्टी सरकारले गरिसकेको छ । सयौं वेपता छन् । करोडौको धनमाल नष्ट भएको जनाइएको छ । रसुवा र चीनतर्फको व्यापारिक सीमानाका रसुवागढीस्थित टिमुरे बजार, स्याफ्रुबेशी बजार, मैलुङ क्षेत्रका बस्ती र बजार, पैरेबेशी, शान्तिबजार र नुवाकोटको सीमासँग जोडिएको सबैभन्दा ठूलो बेत्रावती बजार र यहाँ आसपासका ठूला वस्तीहरू बाढीले बगरमा परिणत गरिदिएको छ । सवैलाई सहयोगको लागि धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *