आज रसुवा–त्रिशूली क्षेत्रमा आएको बाढीबारे सिम्पोजियम हुँदै

ललितपुर । रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा हालै आएको भीषण बाढीका कारण, प्रभाव र आगामी दिनमा अपनाउनुपर्ने विपद् न्यूनीकरणका उपायबारे आज सिम्पोजियम आयोजना हुने भएको छ।

एभरेस्ट इन्जिनियरिङ कलेजले सोसाइटी अफ हाइड्रोलोजिस्ट्स एन्ड मेटेरोलोजिस्ट्स नेपाल (SOHAM Nepal) को सहकार्यमा ‘Symposium on Bhotekoshi–Trishuli Flood 2026’ आयोजना गर्न लागेको हो।

ललितपुरको सानेपा–२ स्थित एभरेस्ट इन्जिनियरिङ कलेजको ईईसी सेमिनार हलमा दिउँसो २ बजेदेखि ४ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ।

सिम्पोजियममा त्रिभुवन विश्वविद्यालयका इन्जिनियरिङ भूगर्भविद् प्रा. डा. रञ्जन दाहाल, काठमाडौं विश्वविद्यालयका हिमनदी तथा क्रायोस्फियर विज्ञ प्रा. डा. रिजन् कायस्थ, जलस्रोत विज्ञ तथा पूर्वमन्त्री इ. दीपक ज्ञवाली, जलविद्युत् विज्ञ इ. कदम केसी र आईसीआईएमओडीका भू–सूचना विज्ञ वीरेन्द्र बज्राचार्य लगायतले बाढीसम्बन्धी विषयमा प्रस्तुति तथा छलफल गर्ने जनाइएको छ।

कार्यक्रममा भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीको प्रकृति, सम्भावित कारण, जल तथा मौसमसम्बन्धी जोखिम, पूर्वसूचना प्रणाली, पूर्वाधारमा परेको प्रभाव र आगामी दिनमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका उपायबारे विज्ञहरूबीच छलफल हुने आयोजकले जनाएको छ।

कार्यक्रममा भौतिक रूपमा सहभागी हुन नसक्नेका लागि अनलाइन माध्यमबाट समेत सहभागी हुने व्यवस्था गरिएको छ। अनलाइन सहभागिताका लागि Meeting ID: 913 0591 8571Passcode: 570109 रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *