विश्वासको अध्यक्षमा लक्ष्मण कारञ्जित

मध्यपुर थिमि – मध्यपुर थिमि नपा ६ बाहाखा बजारस्थित विश्वास बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा लक्ष्मण कारञ्जित निर्वाचित हुनुभएको छ । आगामी ४ वर्षका लागि संस्थाको उपाध्यक्षमा विनोद कालु, सचिवमा उमेश श्रेष्ठ र कोषाध्यक्षमा राधेश्याम प्रजापति चयन हुनुभएको संस्थकी व्यवस्थापक चन्द्रकेशरी श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरि संचालक सदस्यहरुमा बाबु कृष्ण रंजित, लक्ष्मी केशरी प्रजापति, राम सुन्दर श्रेष्ठ, चन्द्र कृष्ण जोशी र अष्ट कुमार सिनारी श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यसैगरि लेखा संयोजकमा माधव बहादुर श्रेष्ठ र सदस्यद्धयमा डा.राजेन्द्र श्रेष्ठ तथा प्रज्जवल श्रेष्ठ चयन हुनुभएको छ । संस्थाको १७ औं वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष तुल्सीभक्त श्रेष्ठले अध्यक्षको वार्षिक प्रतिवेदन पेश गर्दै शेयर सदस्य २ हजार ३ सय १३ र शेयर पुँजी २ करोड १९ लाख ३१ हजार २ सय पुगेको जानकारी दिनुभयो । संस्थाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको कार्यक्रममा संस्थाका सचिव सुरेश साहु श्रेष्ठले सचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मण कारञ्जितले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । संस्थाका जेष्ठ शेयर सदस्य एवं एसईई परीक्षा २०८२ मा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पनि नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा मथिनपा सहकारी शाखा प्रमुख सुरेश राईले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । मध्यपुर बैंक्वेटमा भएको संस्थाको १७ औं वार्षिक साधारण सभामा बालबचतकर्ताहरुलाई उपहार सहित सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *