सागर गुरागाईं
मध्यपुर थिमि – मध्यपुर थिमि नपा ४ शंखधर चोकस्थित झरना बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा पुनः भरट श्रेष्ठ निर्वाचित हुनुभएको छ । ४ वर्षे कार्यकालको लागि संस्थाको उपाध्यक्षमा राजेश कार्की, सचिवमा इश्वरमान श्रेष्ठ र कोषाध्यक्षमा विष्णु भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत पूर्वन्यायधिस लक्ष्मी कृष्णका अनुसार संचालक सदस्यहरुमा सुष्मा श्रेष्ठ, नारायणभक्त श्रेष्ठ, न्हुछे बहादुर माकजु, हरि चन्द्र श्रेष्ठ, ज्ञानशंकर श्रेष्ठ चयन हुनुभएको छ । त्यसैगरि लेखा संयोजकमा तुल्सी मेहर दलीको संयोजकत्वमा ३ सदस्य चयन हुनुभएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । झरना साकोसको १४ औंंंं वार्षिक साधारणसभाबाट पदाधिकारी एवं सदस्यहरु सर्वसम्मत निर्वाचित भएको जानकारी दिइएको थियो । संस्थाका अध्यक्ष भरत श्रेष्ठले झरना साकोसको वार्षिक प्रतिवेदन पेश गर्दै शेयर सदस्यहरुको आर्थिक उन्नति र सामाजिक विकासमा संस्था सदैव प्रयत्नरत रहेको बताउनु भयो । संस्थाका सचिव ज्ञानशंकर श्रेष्ठले झरना साकोसको वार्षिक कार्यक्रमिक प्रतिवेदन र कोषाध्यक्ष विष्णुभक्त श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लेखासंयोजक सुजित श्रेष्ठले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रम यचु पार्टी भेन्युमा भएको थियो । कार्यक्रममा प्रतिवेदन माथि शेयर सदस्य सज्जन सुन्दर श्रेष्ठ लगायतले राख्नु भएको जिज्ञासाको पूर्व अध्यक्ष एवं संचालक सदस्य ईश्वरमान श्रेष्ठले जवाफ दिनुभएको थियो ।
झरना सहकारीको अध्यक्षमा पुनः भरत श्रेष्ठ









Leave a Reply