मारियो भक्तपुरको कमलपोखरीका माछाहरु

भक्तपुर २४ साउन । भक्तपुर नगरपालिका वडा नं १० मा रहेको कमल विनायक पोखरीमा माछा बाक्लो देखिएकोले पाोखरीको पानीको आयतन ( volume )भन्दा बढी माछा भएकोले यहीँ साउन २२ र २४ गते कमल विनायक मन्दिर परिसर सुधार समितिले माछा मार्ने कार्य सम्पन्न गरेको कोषाध्यक्ष जितेन्द्र मुनांकर्मीले बताउनुभयो ।

सुधार समितिका अध्यक्ष तिर्थ मान दुमरुले  दुई दिनमा माछा १८५४ किलोग्राम निस्केकोमा प्रति किलोग्राम रु.४००/-(चार सय रुपैयाँ)मा बिक्री गर्दा रु. ७४१६५०/-(सात लाख एकचालीस हजार छ सय पचास रुपैयाँ  मात्र) संकलन भएको थियोे भने माछा माार्न माहाजालबाट माछा निकालेको बताउनुभयो । माछा निकाल्न ज्याला रु. १३०,०००/-(एक लाख तीस हजार रुपैयाँ  मात्र) र अन्य खर्च रु.२२८८५/-(बाईस हजार आठ सय पचासी रुपैयाँ मात्र) खर्च भई जम्मा खर्च कटाई आम्दानी रु.५८७८६५/-(पाँच लाख सत्तासी हजार आठ सय पैसाठी रुपैयाँ  मात्र) भएको मन्दिर परिसर सुधार समितिको खातामा जम्मा भएको  वडा निरिक्षक राम कृष्ण प्रजापतिले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *