भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटार विरुवास्थित एउटा सुधार केन्द्रमा आइतबार झडप भएको छ । झडपमा परी सुधार केन्दमा रहेका एकजनाको मृत्यु भएको छ ।
विरुवास्थित उत्साहित सुधार केन्द्रमा रहेकाहरुवीच भएको झडपमा परी सुधार केन्द्रमा रहेका सोही वडा वस्ने वर्ष ४१ को उमेश खड्गीको मृत्यु भएको हो । झडपबाट मृत्यु भएको खवरपछि केन्द्रमा दिनभर प्रदर्शन भएको थियो । पीडितहरुले दोषिमाथि कारबाहीको माग राखी दिनभर प्रदर्शन गरेका थिए । सयौंको संख्यामा त्यहाँं दिनभर पीडित, स्थानीय प्रदर्शनमा रहेका थिए । प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न दिनभर सयौं प्रहरी परिचालित गरिएको थियो ।
पीडित मृतककी धर्मपत्नी भगवती शाहीले सुधार केन्द्रमा रहेका विरामीहरुबाट आफनो पतिको हत्या भएको देखिएको जनाएकी छन् । आफूहरुलाई प्राप्त सिसिटिभी फुटेजमा सुधार केन्द्रमा रहेका अन्य विरामीहरुले आफनो पतिमाथि कुटपिट गरेको देखिएको उनले जनाए । यसकारण दोषिमाथि कारबाही गर्न उनले माग गरिन् ।
उनका अनुसार पतिलाई पछिल्लो विहीबार मात्रै सुधार केन्द्रमा छोडिएको थियो । उनका अनुसार केन्द्रमा पुरयाउँदादेखि पतिको स्वास्थ्य अवस्था सामान्य थियो । आइतबार विहानै चार पाँच वजेतिर केन्द्र रहेको वडामै रहेको मेरो घरमा ढोका ढकढकाउन केन्द्रका कर्मचारी आइपुगे, उनले भने, उनीहरुले तपाईको पतिलाई अस्पताल लगिएको छ, त्यसकारण अस्पताल आउनुहोला भनी खवर गरे ।
खवरपछि आफू मध्यपुर अस्पताल मध्यपुर थिमि भक्तपुर पुगेको र पुगिसकेपछि पतिको मृत्यु भएको जानकारी आफूलाई दिएको उनले सुनाइन् । सामान्य स्वास्थ्य अवस्थाको पतिको मृत्यु सामान्य नरहेको भन्दै सोधखोज गर्ने क्रममा कुटपिटबाट मृत्यु भएको सिसिटिभी फुटेज आफूहरुले प्राप्त गरेको सिसिटिभी फुटेज देखाउँंदै उनले भनिन् ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले केन्द्रमै रहेका पाँच जनालाई नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरीले मृतकको शव परीक्षणका लागि पठाउने तथा पोस्टमार्टम रिपोर्ट र घटनास्थलमा संकलन गरिएको प्रमाणका आधारमा मृत्युको वास्तविक कारण पत्ता लगाउने प्रक्रिया अघि बढाएको जनाएको छ । घटनामा सुधार केन्द्रका सञ्चालक तथा कर्मचारीको भूमिका, मृतकको स्वास्थ्य अवस्था र मृत्यु हुनुअघिको घटनाक्रमबारे समेत प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । तर प्रहरीले यो समाचार तयार पार्दासम्म कुनै आधिकारिक खवर सार्वजनिक गरेको छैन ।
दोषिमाथि कारबाहीको माग गरी दिनभर घटनास्थल रहेको विरुवा सिरुटारमा पीडितहरुले आन्दोलन गरेपछि सो क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो । पीडितका आफन्त सरोज खड्गीले केन्द्रमा अस्वभाविक मृत्यु भएको स्वीकार गरेको र उचित क्षतिपूर्तिका लागि सोमबार जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा आफूहरुलाई वार्तामा बोलाएको जनाए । यसअघि केन्द्रलाई हटाउने र पीडितलाई उचित क्षतिपूर्ति दिने मौखिक सहमति केन्द्रमै भएको वार्तामा भएको जानकारी उनले गराए ।
मृतकको लाश अहिले केएमसी अस्पताल दुवाकोट भक्तपुरमा पोष्टमार्तमका लागि राखिएको छ । मृतकको लाश सहमतिपछि मात्रै उठाउने पीडितकी नन्दज्वाई लक्ष्मीकेशरी शाहीले बताइन् । घटनाको विस्तृत विवरण तथा मृत्युको वास्तविक कारण भने प्रहरी अनुसन्धान र पोस्टमार्टम रिपोर्टपछि थप स्पष्ट हुने बताइएको छ । प्रारम्भिक विवरणअनुसार सुधार केन्द्रमा उपचारका लागि राखिएका खड्गीको बिहान करिब ४ बजेतिर मृत्यु भएको थियो ।
सिरुटार विरुवाको सुधार केन्द्र हत्याको आरोपः दिनभर तनाव













Leave a Reply