नेपाल इन्जिनियरिङ कलेजमा फेयरवेल कार्यक्रम, उत्कृष्ट विद्यार्थी तथा परियोजनालाई सम्मान

भक्तपुर, २३ साउन । नेपाल इन्जिनियरिङ कलेज (एनईसी) चाँगुनारायण–४, भक्तपुरले विभिन्न इन्जिनियरिङ संकायका विद्यार्थीलाई विदाइ तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम आयोजना गरेको छ। कलेजले २०८३ सालको फेयरवेल कार्यक्रमअन्तर्गत विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई अवार्ड प्रदान गरेको हो।

कलेजमा आयोजित कार्यक्रममा २०२० ब्याचका ब्याचलर अफ सिभिल इन्जिनियरिङ (डिप्लोमा होल्डर) तथा २०२१ ब्याचका सिभिल, सिभिल एन्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स तथा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङका विद्यार्थीलाई विदाइ गरिएको हो। कलेज पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त संस्था हो।

कार्यक्रममा बिष्णु शर्माले ३.९९ सीजीपीएसहित कम्प्युटर इन्जिनियरिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै Chairman Pride Gold Award प्राप्त गरेका छन्। उनले कम्प्युटर इन्जिनियरिङको Program Topper तथा Science AwardComputer Science Award समेत प्राप्त गरेका छन्।

त्यस्तै सुजाता बोहराले ३.९७ सीजीपीएसहित सिभिल इन्जिनियरिङतर्फ Program Topper बन्न सफल भएकी छन्। उनले Mechanics Award, Programming Award, Water Award, Structure AwardMathematics Award समेत प्राप्त गरेकी छन्।

सृष्टि चौधरीले सिभिल एन्ड रुरल इन्जिनियरिङतर्फ ३.८० सीजीपीए हासिल गर्दै Program Topper बनेकी छन्। बिजय पौडेलले इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङतर्फ ३.८५ सीजीपीएसहित Program Topper तथा Communication Award प्राप्त गरेका छन्। घृष्णा निरौलाले इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङतर्फ ३.३६ सीजीपीएसहित Program Topperको अवार्ड प्राप्त गरेकी छन्।

कलेजले विषयगत उत्कृष्टताका आधारमा पनि विद्यार्थीलाई सम्मान गरेको छ। विभिन्न विषयमा Programming, Water, Geo-Tech, Structure, Mathematics, Electrical, Computer Science, Communication तथा Power Electrical Award प्रदान गरिएको छ।

कार्यक्रमसँगै कलेजका विद्यार्थीले तयार पारेका विभिन्न अनुसन्धान तथा परियोजनाहरू पनि प्रस्तुत गरिएका छन्। कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभागका नियाज अली, रिया लामा र श्रेष्ठ खटिवडाले “Web Based Pigeon Pea (Rah ar) Disease Detection and Recommendation System” परियोजना तयार गरेका छन्। त्यस्तै इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङका दिपेन्द्र बोहरा, ग्रीष कुमार चौधरी, नेशनराज गडतौला र बशु धामलाले “Testing of Speed Control of Induction Motor Using GA-ANFIS Tuned PID Technique and Comparison with Traditional Techniques” शीर्षकको परियोजना प्रस्तुत गरेका छन्।

इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङका अभिषेक कटवाल, मनिषकुमार यादव र नरेन्द्र भट्टले “AIOT Based Real Time Crop Recommender System for Precision Agriculture” परियोजना तयार गरेका छन्। आर्किटेक्चर विभागका सगुन कोइरालाले “Biophilic Resort, Gokarneshwor, Kathmandu” शीर्षकको परियोजना प्रस्तुत गरेका छन्।

सिभिल इन्जिनियरिङतर्फ अमृत केसी, मनोज पौडेल, तीर्थ पोखरेल, अमर सेन र विक्रम थापाले “Hydrological Assessments for Climate Change Impact in Kali Gandaki River Basin Using SWAT and GCM Model” शीर्षकमा परियोजना तयार गरेका छन्। सिभिल एन्ड रुरल विभागका जेनिश पुरी, मिङमार डोर्जे थोक्करा, निर्जल बोगटी र सन्देश रानाले “CFD Based Investigation of Dynamic Response and Vortex Shedding Behavior in Cylindrical Chimneys Subjected to Varying Reduced Velocities” परियोजना प्रस्तुत गरेका छन्।

विदाइ कार्यक्रममा विद्यार्थीहरूले कलेजमा हासिल गरेको ज्ञान, सीप तथा अनुभवलाई आगामी व्यावसायिक जीवनमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कलेजले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै अनुसन्धान, नवप्रवर्तन र व्यावहारिक परियोजनालाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ।

इन्जिनियरिंग शिक्षा भनेको समस्या बुझन् र समाधान खोज्ने शिक्षा
कार्यक्रममा प्रमुख अतिथि पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन प्राध्यापक राजेशकुमार ठकुरानीले इन्जिनियरिंग शिक्षा भनेको समस्या बुझन् र समाधान खोज्ने शिक्षा भएको बताए । चाँंगुनारायण नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष जीवन खत्रीले विद्यार्थीलाई आफूले सिकेको ज्ञान देश र समाजको हितमा उपयोग गर्न अनुरोध गरे ।
कलेजका कार्यबाहक प्राचार्य मोहनध्वज केसीले पढाई पूरा गरी फिल्डमा जान लागेका विद्यार्थीलाई आफूले सिकेको शीपको सही सदुपयोग गर्न निर्देशन दिए । कलेज व्यवस्थापन समितिका सदस्य प्राध्यापक सावित्री त्रिपाठीले विदेशमा गएर थप अध्ययन गर्न गए पनि पछि नेपालमै फर्केर देशकै लागि काम गर्न अनुरोध गरिन् । कार्यक्रमका अन्य वक्ताहरूले विद्यार्थी जीवनमा हासिल गरेको ज्ञानलाई व्यावसायिक क्षेत्रमा प्रयोग गर्दै देशको विकासमा योगदान दिन आग्रह गरे । कलेजका तर्फबाट विद्यार्थीलाई आगामी व्यावसायिक यात्राका लागि शुभकामना दिँदै इन्जिनियरिङ शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई समाज र राष्ट्रका समस्या समाधान गर्ने सीप विकास गर्ने आधार भएको बताइएको थियो ।
बिदाइ कार्यक्रममा विद्यार्थीहरूले कलेजमा बिताएका वर्षका अनुभव, सिकाइ र सम्झना प्रस्तुत गरेका थिए । कार्यक्रममा मन्तव्य, सांस्कृतिक प्रस्तुति तथा शुभकामना आदानप्रदानसमेत गरिएको थियो ।
नेपाल इन्जिनियरिङ कलेज पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त संस्था हो र यसले आर्किटेक्चर, सिभिल, सिभिल एन्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स तथा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनलगायतका स्नातक तहका इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *