साउन २३, भक्तपुर । बुक क्लब भक्तपुरको आयोजनामा शनिबार #संरचनात्मक_लाभांश नामक पुस्तकका लेखक सञ्जीव उप्रेतीसँग अन्तरसंवाद सम्पन्न भयो । उक्त कार्यक्रम लेखक उप्रेतीले पुस्तकमा चरम गरिबी, समलिङ्गी तथा शारीरिक अशक्तताको कारण राज्यबाट पाउनुपर्ने सेवा सुविधामा मधेसी दलित महिला वर्गीय, भाैगोलिक, लैङ्गिक, भाषिक, जातीयता तथा राजनीतिक कुनैपनि लाभांश नपाउने तर अन्य वा पहाडी दलितले मातृभाषा नेपाली भएपछि सहजै राज्यबाट पाउने आरक्षण जस्ता संरचनात्मक लाभांश सहजै पाइरहेकाे यथार्थ प्रस्तुत गरेको बताउनुभयो । असमानता चिर्दै बराबर तथा समतामूलक समाजको लागि संरचनात्मक सुविधा वा लाभांश दिन जतिसुकै राम्रो कानुन र संविधान ल्याए तापनि कार्यान्वयन पक्ष कमजोर हुँदा युगाैंदेखि पिछडिएका समुदाय, वर्गको समतामूलक धरातल निर्माणका लागि आवश्यक भएको आरक्षणमा आफ्नै नातागोतालाई मिलाउने अभ्यासको चर्चा लेखकले पुस्तकमा रहेको जानकारी दिनुभयो । लेखक उप्रेतीले राज्यको संरचनात्मक सुविधा वा लाभांशमा समानता नभएपनि केही समय त्यतिकै राख्दा समाजमा शान्ति केही समय रहने तर उक्त समाज अन्यायमा आधारित भए विद्रोह सुरु भएर सभ्य समाजको निर्माण हुने आशा पुस्तकमा चर्चा गरेको बताउनुभयो । प्रविधिले समतामूलक समाज निर्माणमा सहयोग पुर्याए तापनि प्रविधिको प्रयोग गर्ने क्षमताले पनि राज्यको संरचनात्मक सेवासुविधा वा लाभांशको प्रयोगमा सहजता पाउने तथा बदलिँदो समयमा अमेरिका, जापान, अष्ट्रेलिया, फ्रान्स जस्ता देशमा जन्मको आधारमा संरचनात्मक लाभांश वा सुविधा पाउने बारे पुस्तकमा उल्लेख गरेको बताउनुभयो । मेहनत र प्रतिभाले पाउने संरचनात्मक लाभांश दिर्घकालीन नहुने अवस्थामा आफूले गरेको संघर्ष भन्दा विशेषाधिकार बारे आत्म आलोचना गर्दा स्वीकार नगरी परिचय गुमाउनुपर्ने यथार्थ पुस्तकमा प्रस्तुत गरेको छ । पठन संस्कृतिलाई बढावा दिने उद्देश्यबमोजिम प्रत्येक महिना संचालन हुँदै आएको पुस्तक अन्तरसंवादमा लेखक तथा साहित्यकार अभय श्रेष्ठ, त्रिलोक प्रजापति, राजन फेलु, राजन भण्डारी तथा रणबहादुर राणाले अन्तरक्रिया गरेको थियो । गोर्खा ईको प्यानलले सहयोग गरेको उक्त कार्यक्रममा बुक क्लबका अध्यक्ष दिनेश प्रधानले लेखक सञ्जीव उप्रेतीलाई मायाको चिनो प्रदान गरेको थियो ।
बुक क्लब भक्तपुरको नियमित अन्तरसंवाद












Leave a Reply